काठमाडौं । प्रमुख प्रतिपक्ष काँग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचित भएको चार वर्ष पुगेको छ । विधानको ब्यवस्था अनुसार नियमित महाधिवशेन गरेको भए काँग्रेस महाधिवशेन निर्धारित समय माघमा हुन्थ्यो भने काँग्रेसका नेता कार्यकर्ताहरु यतिबेला त्यसैको घनिभूत तयारीमा जुटिरहेका हुन्थे । तर, काँग्रेसको महाधिवशेन विद्यानमा ब्यवस्था भएको विशेष ब्यवस्थाका कारण महाधिवेशन अर्काे एक वर्ष पछि धकेलिईसकेको छ ।
निर्वाचित भएको ४ वर्ष सम्म देउवाले विधान अनुसारको केन्द्रीय विभाग गठनमा खासै चासो देखाएनन् । नेता कार्यकर्ताको कार्य विभाजनमा पनि उत्तिसारो ध्यान दिएनन् । विधानमा काँग्रेसको २८ केन्द्रीय विभाग हुने उल्लेख छ । विधानकै ब्यवस्थालाई मान्ने हो भने महाधिवशेनवाट नयाँ निर्वाचित कार्यसमिति आएको दुई महिना भित्र विभागहरु गठन गरिसक्नुपर्ने थियो । तर सभापति देउवाले त्यसलाई टार्दै आए ।
खासगरी पार्टीभित्र देखापरेको त्रिपक्षिय धारका कारण उनले आफ्नो धार बलियो बनाउन र आफु इतरका बरिष्ठ नेता रामचन्द्र पौडेल सहित, कोइराला परिवारको धार, नेता कृष्णप्रसाद सिटौलाको तेश्रो धारलाई कमजोर बनाउन पार्टीका विभागहरु गठनमा खासै चासो दिएनन् । तर, अब महाधिवशेन लक्षित कार्यक्रममा जुट्नुपर्ने देउवा अहिले विभाग गठनमा चासो दिन थालेको काँग्रेसका एक नेताले बताए । उनले अहिले आफ्नो पक्षका धेरै भन्दा धेरै नेतालाई काम दिने योजनाका साथ केन्द्रीय विभाग टुक्रयाउने र नयाँ ९ ओटा विभाग थप्ने प्रस्ताव पार्टीमा राखि सकेका छन् ।
काँग्रेसमा रहेको २८ विभागलाई देउवाले अहिले ३७ ओटा बनाउने तयारी थालेका छन् । काँग्रेसमा अहिलेसम्म नीति अध्ययन प्रतिष्ठान बाहेक कुनै पनि विभाग गठन हुन सकेको छैन । देउवाका स्वकिय सचिव भानु देउवाले विधानको ब्यवस्था अनुसार नै आवश्यकताका आधारमा ठूला विभागलाई फुटाएर नयाँ विभाग थप्ने तयारी सभापति देउवाले गरेका हुन् । प्रत्येक विभागमा बढीमा ५१ जना सम्म सदस्य रहने काँग्रेस विधान र नियमावलीमा व्यवस्था छ ।
सबै विभागले पूर्णता पाएको भए कम्तीमा १५ सय नेता कार्यकर्ताले पार्टी जिम्मेवारी पाउथें । तर ४ वर्षसम्म विभाग गठन नहुंदा पार्टी काम लथालिंग भएको कतिपय नेताहरुको टिप्पणी छ । अहिले कायम रहेको कुन –कुन विभागलाई देउवाले टुक्राउन खोजेका हुन् भन्ने अहिले सम्म वाहिर सार्वजनिक गरेका छैनन । तर उनले आफु निकट नेताहरुसँग यस बारेमा परामर्श भने गरेका छन् । १४ मंसिरको उपचुनाव लगत्तै विभागलाई टुक्रयाउने देउवाको योजना रहेको उनी निकट नेताहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० मंसिर २०७६, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?