मन्त्री हेरफेरको विषयमा छलफल गर्न समाजवादी पार्टीले बोलायो पदाधिकारी बैठक

सफल खबर संवाददाता

शनिबार, ०७ मंसिर २०७६, १३ : ३५
मन्त्री हेरफेरको विषयमा छलफल गर्न समाजवादी पार्टीले बोलायो पदाधिकारी बैठक

काठमाडौं । सरकारले गरेको मन्त्री हेरफेरको विषयमा छलफल गर्न समाजवादी पार्टीले शनिबार पदाधिकारी बैठक बोलाएको छ । 
बालकुमारीस्थित पार्टी कार्यालयमा ४ वजेका लागि बोलाइएको बैठकमा नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले हालै गरेको मन्त्री हेरफेरको विषयमा छलफल हुने बताइएको छ । 
समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले सरकारले गरेको मन्त्री हेरफेरका साथै पार्टीको अन्य एजेण्डामा छलफलका लागि बैठक बोलाइएको बताए ।

प्रतिक्रिया दिनुहोस