मन्त्रीबाट बाहिरिएको छु, प्रधानमन्त्रीज्यूप्रति कृतज्ञ छु : गोकर्ण बिष्ट

सफल खबर संवाददाता

विहीबार, ०५ मंसिर २०७६, ११ : ५५
मन्त्रीबाट बाहिरिएको छु, प्रधानमन्त्रीज्यूप्रति कृतज्ञ छु : गोकर्ण बिष्ट

काठमाडौं । पूर्वमन्त्री गोकर्ण बिष्टले फेसबुकमा स्टाटस लेख्दै मन्त्रीका रुपमा काम गर्ने अवसरका लागि प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आफू कृतज्ञ रहेको बताएका छन् ।

बुधबार राति मन्त्री पद गुमाएका बिष्टले बिहीबार फेसबुकमा लेखेका छन्, ‘जति दिन श्रममन्त्रीको रुपमा रहेँ ( वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र वेरोजगार युवाहरुको पक्षमा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेँ ।’

पूर्वमन्त्री गोकर्ण बिष्टले फेसबुकमा लेखेका छन्, ‘अहिले मन्त्रीबाट बाहिरिएको छु - थप उर्जा र प्रेरणाका साथ । मन्त्रीको रुपमा काम गर्ने अवसर प्रदान गर्ने सम्मानीय प्रधानमन्त्रीज्यूप्रति कृतज्ञ छु । सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तक एवं सबै दाजुभाइ दिदीबहिनीहरुलाई हार्दिक धन्यवाद l’

हेर्नुहोस् स्टाटस,

प्रतिक्रिया दिनुहोस