रासायनिक बिषादीविरुद्ध महिला स्वास्थ्य स्वयंसेविका

प्रकाश सिग्देल

बुधबार, ०४ मंसिर २०७६, १५ : ४१
रासायनिक बिषादीविरुद्ध महिला स्वास्थ्य स्वयंसेविका

चितवन । पूर्वी चितवन खैरहनी नगपालिका १२ कुमरोजकी डिलमाया बर्तौला उदाहरणीय कृषक बन्न सफल हुनु भएको छ । महिला स्वास्थ्य स्वयंसेविका समेत रहनु भएकी उहाँले लामो समयदेखि अर्गानिक तरकारी खेती गरी स्थानीयहरुमा रासायनिक बिषादीका बिरुद्ध अभियान सन्चालन गरिरहनु भएको छ ।
आफुले बिगत तिन वर्षदेखि पूर्णरुपमा अर्गानिक खाद्य बाली उत्पादन गरी आफुले खाने, इष्टमित्रलाई दिने र बिक्री गर्ने गरेको उहाँको भनाई छ । पछिल्लो समयमा अत्याधिक रासायनिक बिषादीको प्रयोग हुन थालेको र त्यसले गर्दा महिला तथा बालबालिकामा ज्यादै असर पर्ने गरेको आफुले स्वास्थ्य स्वयम सेबिकाका रुपमा काम गर्र्दा देखेको र भोगेकाले  बिषादीको प्रयोग पुर्ण रुपमा निषेध गरी अर्गानिक खाद्य बस्तुको उत्पादन र प्रयोगका लागि आफुले स्थानीय कृषकहरुलाई पनि सक्रिय गराएको उहाँ बताउनु हुन्छ । आफ्नो घरका कुनै पनि सदस्यले बजारबाट किनेको तरकारी नै नखाने र हरेक कुरा घरमै गोबर मल र प्रांगारिक बिषादी हालेर उत्पादन गर्ने गरेको उहाँ बताउनु हुन्छ ।
स्थानीय थारु समुदायका मानिसहरु समेत आफुसंग अर्गानिक बिषादी बनाउन र अर्गानिक उत्पादनका बारेमा सिक्न आउने गरेको उहाँको भनाई छ । आफुले मकै, गहँु, तोरी लगायत अन्न बाली र तरकारी बालीमा गाईभंैसीको पिसाबमा झारपात तरकारीहरु हालेर कुहाएर प्रागांरिक बिषादी बनाएर प्रयोग गर्ने गरेको त्यसले गर्दा उत्पादन पनि राम्रो र खानका लागि पनि स्वस्थ्यकर भएको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस