१४ वर्षीय बालकको शवयात्रामा दुई हजार १०० भन्दा बढी स्पोर्टस कार

एजेन्सी

बुधबार, ०४ मंसिर २०७६, १२ : ३९
१४ वर्षीय बालकको शवयात्रामा दुई हजार १०० भन्दा बढी स्पोर्टस कार

एजेन्सी । एक १४ वर्षीय बालकको शवयात्रामा दुई हजार १०० भन्दा बढी स्पोर्टस कार र ७० मोटरसाइकल सहभागी भएका छन् । अमेरिकाको मिसौरी निवासी एलेक इनग्रामकी नाम गरेका ती बालकको क्यान्सरका कारण मृत्यु भएको थियो ।
समाचार एजेन्सीहरुका अनुसार ती बालक स्पोर्टस कारका सौखिन थिए । उनले आफ्नो शव यात्रामा स्पोर्टस कार सामेल भइदिउन् भन्ने अन्तिम इच्छा प्रकट गरेका थिए ।

उनले सामाजिक सञ्जालमा पनि आफ्ना भनाइ राख्दै आएका थिए । उनको अन्तिम इच्छा पूरा गर्नका लागि ‘सिडनिज सोल्जर्स अलवेज’ नाम गरेको एक संगठनले सहयोग गरेको हो । सोही अनुसार उनको शवयात्रामा दुई हजार १०० भन्दा बढी स्पोर्टस् कार सामेल भएका हुन् । त्यसैगरी ७० भन्दा बढी स्पोर्टस् बाइक पनि सामेल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस