एजेन्सी । एक १४ वर्षीय बालकको शवयात्रामा दुई हजार १०० भन्दा बढी स्पोर्टस कार र ७० मोटरसाइकल सहभागी भएका छन् । अमेरिकाको मिसौरी निवासी एलेक इनग्रामकी नाम गरेका ती बालकको क्यान्सरका कारण मृत्यु भएको थियो ।
समाचार एजेन्सीहरुका अनुसार ती बालक स्पोर्टस कारका सौखिन थिए । उनले आफ्नो शव यात्रामा स्पोर्टस कार सामेल भइदिउन् भन्ने अन्तिम इच्छा प्रकट गरेका थिए ।
उनले सामाजिक सञ्जालमा पनि आफ्ना भनाइ राख्दै आएका थिए । उनको अन्तिम इच्छा पूरा गर्नका लागि ‘सिडनिज सोल्जर्स अलवेज’ नाम गरेको एक संगठनले सहयोग गरेको हो । सोही अनुसार उनको शवयात्रामा दुई हजार १०० भन्दा बढी स्पोर्टस् कार सामेल भएका हुन् । त्यसैगरी ७० भन्दा बढी स्पोर्टस् बाइक पनि सामेल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०४ मंसिर २०७६, १२ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी