जेल सजाय भोगिरहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ लण्डन उडे

एजेन्सी

मंगलबार, ०३ मंसिर २०७६, १४ : ४६
जेल सजाय भोगिरहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ लण्डन उडे

एजेन्सी । भ्रष्टाचार मुद्दामा जेल सजाय भोगिरहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफ चिकित्सकीय उपचारको लागि लण्डन उडेका छन् । 
पाकिस्तानका तीन पटकका प्रधानमन्त्री शरिफलाई रोग प्रतिरोधात्मक लगातय कयैन स्वास्थ समस्याले सताइरहेको थियो ।  
शनिबार लाहोर उच्च अदालतले उनीमाथि कायम भ्रमण प्रतिबन्ध फुकुवा गरेपछि उनको विदेश यात्राको बाटो खुलेको थियो । सोमबार इमरान खानको सरकारले अदालतको निर्णयलाई सदर गरेको थियो । 
यस अघि खानको सरकारले शरिफ विदेश जानको लागि ४.४ करोड अमेरिकी डलर जमानत राख्नुपर्ने माग गरेको थियो । त्यस विरुद्ध नवाजको परिवार अदालत गएको थियो ।
अदालतले भने उक्त रकम जमानत नराखी विदेश उड्न सक्ने निर्णय सुनायो । 
अघिल्लो महिना नवाजको रगतको प्लेटलेट्सको मात्रा निक्कै कम भएको थियो । स्वस्थ मान्छेमा १,५०,००० हुनुपर्नेमा उनको रगतमा प्लेटलेट्सको संख्या १६ हजारमा झरेको थियो । 
त्यस्तै ६९ वर्षे नवाजलाई मुटुको समस्या छ जसको उनले औषधी सेवन गरिरहेका छन् । त्यसबाहेक उनमा मधुमेह र मिर्गौला समस्या पनि छ । 
उनको उपचार गराउन संलग्न सरकारी र नीजि दुवै चिकित्सकले उनको रोगको उपयुक्त उपचारको व्यवस्था पाकिस्तानमा नभएकाले विदेशमा उपचार गराउन सिफारिस गरेका थिए । 
शरिफ ‘सुविधासम्पन्न एयर–एम्बुलेन्स’मा दोहा हुदैं लण्डन गए । शरिफको परिवारको लण्डनमा पनि घर छ ।

प्रतिक्रिया दिनुहोस