पाकिस्तानमा दुई भारतीय नागरिक गिरफ्तार

एजेन्सी

मंगलबार, ०३ मंसिर २०७६, १३ : ०५
पाकिस्तानमा दुई भारतीय नागरिक गिरफ्तार

एजेन्सी । पाकिस्तानी अधिकारीले सोमबार दुई भारतीय नागरिकलाई गिरफ्तार गरेका छन् । मिडिया रिपोर्ट अनुसार यी भारतीयमाथि अवैध तरिकाले पाकिस्तानमा प्रवेश गरेको आरोप छ । 
गिरफ्तार गरिएको भारतीयहरुको नाम प्रशान्त (मध्य–प्रदेश निवासी) र दारीलाल (तेलंगाना) बताइएको छ । 
जियो न्युजका अनुसार दुवै भारतीय नागरिकलाइ पञ्जाब प्रान्तको बहावलपुरमा गिरफ्तार गरिएको थियो । पक्राउ पर्दा तीसँग कुनै काुननी कागजात थिएन । 
प्रहरीका अनुसार दुवै विरुद्ध मुद्दा दर्ता गरिएको छ । गिरफ्तार गरिएको एक भारतीय सफ्टवेयर इन्जिनियर रहेको पाकिस्तान प्रहरीले बतायो ।  
पाकिस्तानी प्रहरीका अनुसार तिनलाई पाकिस्तानमा आतंकवादी आक्रमण गर्नको लागि पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस