अमेरिकामा अर्को वर्ष राष्ट्रपति निर्वाचन हुँदै

एजेन्सी

सोमबार, ०२ मंसिर २०७६, १५ : ४८
अमेरिकामा अर्को वर्ष राष्ट्रपति निर्वाचन हुँदै

एजेन्सी । अमेरिकामा अर्को वर्ष राष्ट्रपति निर्वाचन हुँदैछ । यसका लागि झण्डै अढाई दर्जन प्रत्यासी डेमोक्रेटिक पार्टीको उम्मेदवार हुनको लागि प्रतिस्पर्धा गरिरहेका छन् । 
यस समयमा एक कार्यक्रममा बोल्ने क्रममा पूर्व अमेरिकी राष्ट्रपति बाराक ओवामाले डेमोक्रेटिक उम्मेदवारहरु उग्र वामपन्थी धारतर्फ गएको भन्दै चिन्ता व्यक्त गरका छन् । 

ओबामाको टिप्पणीले शनिबार चुनावी कार्यक्रमहरुमा चर्चा पायो ।  
केही डेमाक्रेट्सले एकताको लागि आह्वान गरेका छन् भने वामपन्थी उम्मेदवार भनिएकाहरुले भने भएका आफ्ना कार्यक्रमको प्रतिरक्षा गरेका छन् ।
झण्डै २० उम्मेदवार डेमोक्रेटिक पार्टीको उम्मेद्वार हुनको लागि अझै चुनावी दौडामा छन् । डेमोक्रेटिक पार्टीभित्र कहिलेकाहिँ कुन शैलीले अर्को वर्ष ट्रम्पलाई हराउन सकिन्छ भन्ने कुरामा बहस चल्ने गर्छ । 
यही सन्दर्भमा, ओबामाले वासिङ्टनमा सम्पन्न एक कार्यक्रम यथार्थमा जरा नगाढेका नीति पछ्याउन नहुने सुझवा दिए । 
सन् २००९ देखि सन् २०१२ बीच अमेरिकाको राष्ट्रपति रहेका ओबामाले ‘आम अमेरिकीहरुले सम्पूर्ण प्रणालीलाई भत्काउने खालको नीति नचाहेको’ बताए ।
‘यो देश क्रान्तिलाई भन्दा पनि सुधारालार्य बढी रुचाउँछ ,’ ओबामाले शुक्रबार धनाढ्य दाताहरुको भेलालाई सम्बोधन गर्ने क्रममा भने । 
ओवामाको टिप्पणी अहिले चुनावी मैदानमा रहेका केही वामपन्थी डेमोक्रेटिक प्रत्यासीतर्फ लक्षित थियो भनेर बुझ्न गाह्रो छैन ।
डेमाक्रेट पार्टीबाट उम्मेदवार बन्नको लागि धेरै जना प्रतिस्पर्धामा भएको भए पनि पूर्व उप–राष्ट्रपति जो बाइडेन र सिनेटर्स एलिजावेथ वारेन र बर्नी स्याण्डर्सले मत सर्वेक्षणमा अग्रस्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस