श्रीलंकाको राष्ट्रपति बने राजापाक्षका भाई गोतवया

एजेन्सी

आइतबार, ०१ मंसिर २०७६, १४ : १५
श्रीलंकाको राष्ट्रपति बने राजापाक्षका भाई गोतवया

श्रीलंका । श्रीलंकाको आठौं राष्ट्रपतीय निर्वाचनमा गोतबया राजापाक्षले जित हासिल गरेका छन् । श्रीलंकाको बहुसंख्यक सिन्हाला समुदायमाझ लोकप्रिय राजापाक्षले नरमपन्थी सजिथ प्रेमदासालाई उछिनेका हुन् । 
वर्तमान सरकारमा आवास मन्त्री रहेका सजिथ प्रेमदा साले एक वक्तव्य जारी गर्दै आफ्नो हार स्वीकार गरेका छन् । प्रेमदासाले ‘जनताको निर्णयलाई सम्मान’ गर्ने वक्तव्यमा बताएका छन् । 
मतपरिणाममा ७० वर्षका राजापाक्षले पहिले आशा गरिएजस्तै सिन्हाला बौद्ध बहुसंख्यकबाट धेरै मत पाएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस