भरतपुर खानेपानी व्यवस्थापन बोर्डको क्रिकेट रंगशालालाई सहयोग

सफल खबर संवाददाता

विहीबार, २८ कार्तिक २०७६, १७ : ०८
भरतपुर खानेपानी व्यवस्थापन बोर्डको क्रिकेट रंगशालालाई सहयोग

चितवन । भरतपुर खानेपानी व्यवस्थापन बोर्डले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग गरेको छ । 

बोर्डले आज एक कार्यक्रमको आयोजना गरी एक लाख ५१ हजार रुपैयाँ क्रिकेट रंगशाला निर्माणमा सहयोग गरेको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले संयुक्त रुपमा एक लाख ५१ हजारको चेक धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ लाई हस्तान्तरण गर्नुभएको थियो । 

चेक पाउनसाथ धुर्मुसले क्यास चेक रिसिभ गरेको पत्र बोर्डका कार्यकारी निर्देशक दाहाललाई हस्तान्तरण गर्नुभएको थियो । निर्देशक दाहालले कर्मचारी र बोर्डबाट गरी जम्मा एक लाख ५१ हजार रुपैयाँ हस्तान्तरण गरेको बताउनुभयो । 

कार्यक्रमको अध्यक्षता गर्नुभएको भरतपुर महानगर प्रमुख रेनु दाहालले क्रिकेट रंगशाला निर्माणमा सम्पूर्ण चितवनवासीलाई खुलेर सहयोग गर्न आग्रह गर्नुभएको थियो । कार्यक्रममा उहाँले भन्नुभयो, ‘महानगरले अभिभावकत्व ग्रहण गरेको छ, धमाधम कामहरु भइरहेका छन्, श्रमदान गरेर होस् वा आर्थिक सहयोग गरेर होस् सबैले अपनत्व हुनेगरी काम गर्न म सम्पूर्ण चितवनवासीलाई आग्रह गर्छु ।’

उहाँले आर्थिकमात्र नगरी भौतिक रुपमा र श्रमदान गरेर पनि रंगशाला निर्माणमा सहयोग गर्न अपिल गर्नुभयो । कार्यक्रममा धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष कट्टेलले रातदिन नभनी रंगशाला निर्माणको काम भइरहेको बताउनुभयो । उहाँले भरतपुर खानेपानी व्यवस्थापनका बोर्ड सदस्यहरुलाई एक दिन एक घण्टा भएपनि श्रमदानमा उत्रन अपिल गर्नुभएको थियो । 


 

प्रतिक्रिया दिनुहोस