समाजवादी पार्टी सरकारमै रहने

सफल खबर संवाददाता

विहीबार, २८ कार्तिक २०७६, १४ : ५०
समाजवादी पार्टी सरकारमै रहने

काठमाडौं । समाजवादी पार्टी सरकारमै रहने भएको छ ।
बिहीबार बसेको पार्टीको पहिलो संघीय परिषद् बैठकले यस्तो निर्णय गरेको हो । 
संघीय समाजवादी र नयाँ शक्ति पार्टीबीच एकतापछि यो पार्टीको पहिलोपटक संघीय परिषद्को बैठक बसेको हो । भट्टराई पक्षले तत्काल सरकार छाड्नुपर्ने मत राख्दै आए पनि अध्यक्ष उपेन्द्र यादव पक्ष सहमत भएको छैन । 

आजको बैठकमा पनि सरकारमा बसिरहने कि छाड्ने भन्ने बहस भएको थियो । तर पार्टी नेताहरु मध्यमार्गी लाइनमा सहमत भएका छन् ।

सरकार छाड्नुपर्ने मत राख्दै आएका डा। भट्टराईले नै मध्यमार्गी प्रस्ताव राखेपछि सरकारबाट बहिर्गमन तत्काललाई टरेको हो । यद्यपि लामो समय सरकारमा बसिरहने अवस्था नभएको नेताहरु बताउँछन् ।
 

प्रतिक्रिया दिनुहोस