राष्ट्रियसभा : दलित र अल्पसंख्यकका लागि मतदान हुँदै

मंगलबार, २३ माघ २०७४, १६ : ००
राष्ट्रियसभा : दलित र अल्पसंख्यकका लागि मतदान हुँदै

विराटनगर । प्रदेश नं १मा बुधबार हुने राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको छ । विराटनगरस्थित वीरेन्द्र सभागृहम मतदानकेन्द्रमा .बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको सहायक मुख्य निर्वाचन अधिकृत नवराज दुलालले जानकारी दिनुभयो । नगरपालिकाका प्रमुख÷उपप्रमुख र गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्षका लागि एउटा मतदान केन्द्र र प्रदेशसभा सदस्यका लागि अर्को मतदान केन्द्रको व्यवस्था मिलाइएको छ ।

निर्वाचनलाई दृष्टिगत गरी सुरक्षाको व्यवस्थासमेत मिलाइएको छ । सो प्रदेशबाट आठ जना निर्वाचित हुनुपर्नेमा महिला र खुला गरी छ जना निर्विरोध निर्वाचित भइसक्नुभएको छ । एक पद दलित र एक पद अपाङ्ग÷अल्पसंख्यकका लागि मतदान हुँदैछ । सो प्रदेशमा ३६७ मतदाता छन् ।(रासस)

प्रतिक्रिया दिनुहोस