ओली र नेपालवीच बालुवाटारमा ‘गोप्य’ भेटवार्ता

बुधबार, २७ कार्तिक २०७६, १० : १३
ओली र  नेपालवीच बालुवाटारमा ‘गोप्य’ भेटवार्ता

काठमाडौं । सरकार पुर्नगठनको तयारीमा रहेका प्रधानमन्त्री केपी ओलीले पार्टीकै वरिष्ठ नेता माधव नेपालसँग गोप्य भेटवार्ता गरेका छन् । पार्टीको संगठनात्मक कार्यविभाजनमा असंन्तुष्ट रहदै १८ महिनाका बीचमा तीन पटक पार्टी निर्णयमा ‘नोट आफ डिसेन्ट’ लेखेका वरिष्ठ नेता माधव नेपाल र ओलीका बीचमा सम्बन्ध सौहार्दपुर्ण छैन ।

पार्टी बैठकमा भेटिने बाहेक पछिल्ला दिनमा यी दुई नेताका बीचमा खास संवाद पनि थिएन । ५ भदौंमा प्रधानमन्त्री ओली सिंगापुर उपचार भ्रमणमा निस्कदा नेपालले दिएको स्वास्थ्य लाभको कामना समेत अस्वीकार गरेपछि सचिवालय बैठकमै ओली र नेपालका बीचमा चर्काचर्की परेको थियो । त्यसयता नेता नेपालका लागि बालुवाटार आवतजावत गर्नका लागि कुनै औपचारिक कार्यक्रम नै हुनुपर्ने अवस्था थियो । प्रदेश प्रमुख नियुक्तीका लागि बसेको सचिवालय बैठकमा ओली नेपालवीच दोश्रो पटकको बैठकमा चर्काचर्की परेको थियो । तर त्यो दिनको दुवै नेता बिचको चर्काचर्की सञ्चार माध्यमले थाहा नपाउदा कसैले पनि थाहा पाउन सकेनन ।

वरिष्ठ नेता नेपालले प्रदेश प्रमुख नियुक्तीको क्रममा केही नाम प्रदेश प्रमुखका लागि सिफारिस गरेको तर ओलीले ति नाममा छलफल समेत गर्न नचाहेपछि उनले नोट अफ डिसेन्ट लेखेको मात्र चर्चा भयो । तर श्रोतका अनुसार दुवै नेता बिच चर्काचर्की नै परेको थियो । त्यसपछि यी दुई नेताका बीचको सम्बन्ध सुधार हुन सकेको थिएन ।

 ओलीले पनि नेपालसँग न सम्वाद गर्न चाहेका थिए, न माधव नेपाल नै ओलीलाई भेटन भनेर बालुवाटार पुगेका थिए । नेता नेपाल भने बालुवाटार प्रधानमन्त्रीले वोलाएको सर्वदलीय वैठक, पार्टी बैठकक लगायतका मात्र पुग्ने गरेका छन् । मंगलबार एकाबिहानै प्रधानमन्त्री ओलीले नेता नेपाललाई ‘समसामायिक विषयमा परामर्श गर्नुछ भन्दै बालुवाटार मंगलबार नै फोन गरेर बोलाएका थिए ।

पार्टीका अर्का अध्यक्ष प्रचण्ड भने चितवनको विभिन्न कार्यक्रममा ब्यस्त रहेका बेला नेपाललाई ओलीले मंगलवार बालुवाटार निम्ताए । नेता नेपाल भने मंगलबार नै बिहान पौने १२ बजे वालुवाटार पुगेका थिए । यो भेटलाई दुवैले सार्वजनिक गर्न चाहिरहेको छैनन् ।  अति गोप्य राखिएको भेटवार्ता झण्डै एक घण्टा चलेको श्रोतको भनाई छ । पार्टीको केन्द्रिय आयोगका अध्यक्ष र सचिव चयनमा अति सौहार्दपुर्ण वातावरणमा गरिएको सचिवालयमा नेपाल र ओलीका बीचमा हार्दिकता देखिएको थियो ।

ओलीले पेल्ने रणनीति लिए आफु पक्षिय नेता अमृत बोहोरालाई अनुशासन आयोगको अध्यक्ष नदिन सक्ने नेपालले ठानेका थिए । तर उनले बोहोरालाई अनुशासन आयोगका अध्यक्ष बनाउने देखि अन्य कुरा बैठकमा असाध्यै चासो पुर्वक सुनेका थिए । त्यसपछि यी दुई नेताका बीचमा मंगलवार अति गोप्य भेटवार्ता भएको हो । भेटवार्तालाई दुवै पक्षले सार्वजनिक गरेको छैनन् ।

 भेटवार्तापछि सरकार पुर्नगठनका क्रममा दुवै पक्षका आकांक्षी मन्त्रीहरुको दबाव बढन सक्ने ठानी भेट गोप्य राख्ने समझदारी दुबैले गरेका थिए । त्यही कारण यो भेटवार्तालाई गोप्य राखिएको छ । भेटमा ओलीले मन्त्रीहरु हेरफेरका लागि आफुले गरेको तयारीका विषयमा नेता नेपाललाई जानकारी गराएका थिए । यस अगाडी भने पार्टीका अर्का अध्यक्ष प्रचण्ड, महासचिव विष्णु पौडेल र गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा, उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलसंग पनि छलफल गरेका थिए ।

सरकार पुर्नगठनको क्रममा फेरिने मन्त्री र थपिने मन्त्रीका बारेमा ओलीले थापा र पोखरेलसँगको सम्वादका क्रममा नबताएपनि प्रचण्ड र नेपालसंग भने परामर्श गरेको ओली निकट स्रोतको भनाई छ । मंगलवार ओलीले क्याबिनेट विस्तारका क्रममा पार्टी भित्र गुट नहेरेरसबैलाई चित्त बुझाउने गरी नै गर्ने बताएका थिए । मन्त्रिपरिषद् पुर्नगठनका क्रममा  नेपाल पक्षधर नेताहरुलाई नै बढी प्राथमिकतामा राखेको उनको भनाई थियो ।

ओलीले सुरेन्द्र पाण्डे, घनश्याम भुषाल लगायत नेताहरुको नामै लिएर अबको मन्त्रिमण्डल पुर्नगनठमा ति नाम पर्ने नेपाललाई जानकारी गराएका थिए । ‘अब ढिला गर्दिन, मन्त्रिपरिषद् पुर्नगठनका लागि म गम्भिर भएर लागेको छु’, बंगलादेशका राष्ट्रपति शुक्रवार फर्केपछि आइतबार, सोमबार तिर सम्भवतः क्याबिनेट रिर्फम गर्ने सोच छ,’ ओलीको नेपाललाई सन्देश थियो ।

प्रदेश २ को पार्टी संगठनात्मक काममा आफुलाई पेलेको ठानेका नेपालको माग सम्बोधन हुने गरी रौतहट जिल्ला कमिटिका ६ जनाको नाम हेरफेर गर्न पनि ओलीले सहमति दिएपछि नेपालको त्यो असन्तुष्टि पनि अहिले मथ्थर भएको छ ।  क्याबिनेट बिस्तारमा पनि नेपाल निकट नेताहरुले जिम्मेवारी पाउने भएपछि नेपालको असन्तष्टि क्रमशः मथ्थर भएर जाने विश्वासमा ओलीमा छ । ओलीले क्याबिनेटमा आफ्ना विपक्षी समुहका नेताहरुलाई समेटेर विरोध बिहिन सरकारको नेतृत्व गर्न चाहिरहेका छन् । त्यसका लागि नेता नेपाललाई बोलाएर मंगलवार क्याविनेट पुर्नगठनका विषयमा छलफल गरेको स्रोत वताउँछ । 
 

प्रतिक्रिया दिनुहोस