बंगलादेशका राष्ट्रपतिले राजनीतिक भेटवार्ता गर्दै

बुधबार, २७ कार्तिक २०७६, ०८ : ३५
बंगलादेशका राष्ट्रपतिले राजनीतिक भेटवार्ता गर्दै

काठमाडौं । चार दिने सदभावना भ्रमणका लागि काठमाडौंमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज राजनीतिक भेटवार्ता गर्ने भएका छन् । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनासँगको भेटवार्तावाट उनले आज राजनीतिक भेटवार्ता शुरु गदैछन् । भने राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता सवैभन्दा पछिल्लो राजनीतिक भेटवार्ताको कार्यतालिका वनाएका छन् । 

मंगलबार काठमाडौं ओर्लिए लगत्तै आफु वस्ने होटल पुगेर नारायणहिटी संग्रहालय र भक्तपुर दरवार स्वायर घुमेका हमिदले आज राजनीतिक भेटघाटमा व्यस्त हुनेछन् । राष्ट्रपति मोहम्मद अब्दुल स्वागतका लागि नेपालका लागि बंगलादेशका राजदुतले राजदुताबासमा रात्री भोजको आयोजना गरेका थिए ।

उनले हिजो नै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग शिष्टाचार भेटवार्ता गरिसकेका छन् । राष्टपति विद्यादेवी भण्डारी र हमिदवीच आज अपरान्ह्र दुई पक्षिय सदभावना भेटवार्ता हुनेछ । अपराह्न ४ः३० बजेदेखि ५ः०० बजेसम्म चल्ने भेटमा आपसी हितका विषयमा छलफल हुने बताइएको छ । बुधबार राष्ट्रपति भण्डारीले समकक्षीको स्वागतमा रात्रिभोज सोल्टी होटलमा आयोजना समेत गदैछिन् । 

आजै उनले अपराह्न सबा ३ वजे उपराष्ट्रपति नन्दबहादुर पुन, पौने ३ वजे प्रधानमन्त्री केपी शर्मा ओली, २ वजे बजे प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र बिहान ११ वजे नेकपा अध्यक्ष प्रचण्ड र पौने ११ वजे राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ताको  कार्यतालिका वनेको छ । उनको बिहिबार पोखरासंगै पाटन दरबार स्वायर र चन्द्र्रगिरी हिल्स पनि घुम्ने कार्यक्रम रहेको छ । उनी शुक्रवार मात्र स्वदेश फर्किनेछन् । 
 

प्रतिक्रिया दिनुहोस