छुट्टा-छुट्टै मतपत्र बनाउँदा राज्यलाई तीन अर्ब व्ययभार

पत्रपत्रिकाबाट

बुधबार, १५ कार्तिक २०७४, ०६ : ३३
छुट्टा-छुट्टै मतपत्र बनाउँदा राज्यलाई तीन अर्ब व्ययभार

आगामी प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको प्रतक्ष्य निर्वाचन गर्न अलग अलग मतपत्र छाप्ने पछिल्लो निर्णयले राज्यलाई तीन अर्ब हाराहारी व्यवभार थपिने भएको छ ।

निर्वाचनका लागि आयोगले साढे १० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेकोमा यो बढेर साढे १३ अर्ब रुपैयाँ पुग्ने खबर रातोपाटीका लागि आजको नागरिक दैनिकबाट लिएका हौं । आयोगका एक उच्च अधिकारीले भने,
-दुई वटा मतपत्र छापिने भएपछि छपाइ, जनशक्ति, प्रचारप्रसार लगायतमा थप खर्च गर्नु परेकाले करिब तीन अर्ब रुपैयाँ बढी लाग्ने अनुमान गरेका छौं ।
-छुट्टा-छुट्टै मतपत्र छाप्दा थप एक करोड ७७ लाख मतपत्र छाप्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस