प्रदेश ५ र कर्णाली प्रदेशमा मुख्यमन्त्री साट्ने प्रधानमन्त्री ओलीको तयारी

प्रदेश ५ मा कुलप्रसाद केसी र कर्णालीमा यमलाल कँडेललाई मुख्यमन्त्री बनाउने गरी आन्तरिक तयारी

सफल खबर संवाददाता

मंगलबार, २६ कार्तिक २०७६, ०९ : २८
प्रदेश ५ र कर्णाली प्रदेशमा मुख्यमन्त्री साट्ने प्रधानमन्त्री ओलीको तयारी

काठमाडौं । सत्तारुढ दल नेकपाले पार्टी एकताको १८ महिना बितिसक्दा पनि भागवन्डाको राजनीति छोडेको छैन । पूर्ववत समुहका आधारमा भागवन्डाको राजनीति अझै पनि कायमै छ ।
नेकपाले सात मध्ये ६ प्रदेशमा सरकार गठन गरेको छ । जसमध्ये पार्टी एकता अगाडी प्रदेशका मुख्यमन्त्रीमा तत्कालिन एमालेले ४ र माओवादीले २ ओटा प्रदेशको मुख्यमन्त्री भागवन्डा लगाएका थिए ।

जसमध्ये १, ३, गण्डकी र ५ नम्वर प्रदेशको मुख्यमन्त्री एमाले र कर्णाली र सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्री माओवादीले पाएको थियो । तर अहिले, प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी ओलीले भागवन्डामा हेरफेरको प्रस्ताव राखेको स्रोतले वताएको छ । 
ओलीले प्रदेश ५ र कर्णाली प्रदेशको मुख्यमन्त्री तत्कालिन गरेको भागवन्डामा हेरफेर गर्ने प्रस्ताव गरेको स्रोतले वतायो । खासमा प्रधानमन्त्री ओली प्रदेश लाई अधिकार त्यक्ति दिन रुचाईरहेका छैनन । उनी संघीय संरचनालाई कामकाजी मात्र वनाउने तर अधिकार केन्द्रमै केन्द्रीत गर्न चाहिरहेका छन् ।

ओलीले आफ्नो सचिवालयमा हेरफेर गर्ने, मन्त्रिपरिषद हेरफेर गर्ने तयारी गरेपछि उनले शंकर पोखरेललाई केन्द्रीय राजनीतिमा ल्याउन खोजेका छन् । 
पोखरेल स्वंय पनि प्रदेशको मुख्यमन्त्रीमा सिमित हुँदा केन्द्रीय राजनीतिवाट ओझेल परेको ठानिरहेका छन् । त्यसकारण ओलीले निर्वतमान सभामुख कृष्ण बहादुर महरालाई सांसद पदबाटै पनि राजीनामा गराएर त्यस ठाउमा पोखरेललाई ल्याउन खोजेका थिए ।

तर महराले ओलीको चाहना अनुसार सांसद पदवाट राजीनामा नदिएपछि अन्य विकल्पका विषयमा छलफल थालेको वालुवाटार स्रोतले जनायो । त्यस आधारमा पनि ओलीले पोखरेललाई केन्द्रीय राजनीतिमा ल्याउन प्रदेश मुख्यमन्त्रीको हेरफेरको तयारी थालेका छन् । उनले प्रदेश ५ मा  माओवादी र कर्णाली प्रदेश एमालेले मुख्यमन्त्री लिने गरी नयाँ भागवन्डाको तयारी थालेका छन् । 

ओलीले पार्टीभित्रको सन्तुलन मिलाउन प्रदेश ५ वाट पोखरेललाई झिकेर केन्द्रीय राजनीतिमा ल्याउने र कर्णाली प्रदेशमा मुख्यमन्त्री बन्न नपाएर असन्तुष्टि बनेका यमलाल कँडेललाई मुख्यमन्त्री वनाएर चित्त वुझाउने रणनीतिमा लागेका छन् । श्रोतका अनुसार प्रदेश ५ को मुख्यमन्त्रीमा माओवादी समुहका कुलप्रसाद केसी (सोनाम) मुख्यमन्त्री बन्नेछन् । उनी अहिले आन्तरिक तथा कानुनमन्त्री छन् ।

उता कर्णाली प्रदेशमा माओवादीका महेन्द्रवहादुर शाही (प्रज्ज्वल) मुख्यमन्त्री छन् । त्यहा सरकार गठनका बेला एमाले माओवादी समुहका वीचको विवाद अझै पनि कायमै छ ।

अन्य प्रदेशका मुख्यमन्त्री फेर्ने विषयमा पनि नेकपाभित्र छलफल चलेको छ । तर त्यसमा पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग पनि सहमति लिनुपर्ने बाध्यात्मक अवस्थामा ओली छन् । तर  प्रचण्डले यस विषयमा अहिले कुनै प्रतिक्रिया जनाईसकेका छैनन ।

प्रतिक्रिया दिनुहोस