सोमेश्वर गढीको पथ्थरलाई मुर्तिको स्वरुप दिइने, माडी पुगे ३० बढी कलाकार

उर्गेन तामाङ

शुक्रबार, २२ कार्तिक २०७६, १८ : २२
सोमेश्वर गढीको पथ्थरलाई मुर्तिको स्वरुप दिइने, माडी पुगे ३० बढी कलाकार

– उर्गेन तामाङ
चितवन । चितवनको दक्षीणी क्षेत्रको माडी नगरपालिकामा रहेको धार्मिक तथा ऐतिहासीकस्थल सोमेश्वर गढीका पथ्थरहरुलाई मुर्तिको स्वरुप दिइनेभएको छ । नगरपालिकाले यहि कार्तिक २३ गतेदेखि माडी राष्ट्रिय प्रस्तर मूर्ति कार्यशाला २०७६ आयोजना गर्दैछ । 
१८ दिनसम्म चल्ने सो कार्यसालामा राष्ट्रिय तथा अन्तिराष्ट्रिय ख्याति प्राप्त कलाकारहरुले सोमेश्वर गढी क्षेत्रमा प्रस्तर मूर्ति निर्माण गर्नेछन । सो क्रममा धार्मिक, सांस्कृतिक, समसामयीक र परम्परागत गरी कम्तिमा ३० वटा मूर्ति निर्माण हुने नगरपालिकाका उपप्रमुख तारा कुमारी काजी महत्तोले बताइन । 
मुर्ति निर्माणका लागि ३० जना भन्दा बढी कलाकारहरु आज माडी पुगीसकेका छन । उनिहरुले १८ दिनसम्म गढी क्षेत्रमै बसेर त्यहाँका विभिन्न ठुला साना ढुंगा तथा पहाडलाई खोपेर मूर्तिको स्वरुप दिनेछन । 
कला क्षेत्रको सम्मान गर्दै आयोजित राष्ट्रियस्तरको कार्यक्रमले गढीलाई कलामार्फत खुल्ला मूर्ति संग्रहालयको रुपमा परिचित गराउनका साथै भविष्यमा खोज र अनुसन्धानको केन्द्र बन्ने उपप्रमुख महत्तोको भनाई छ । 
पर्यटकिय क्षेत्र सोमेश्वर गढीलाइ सरकारले १०० पर्यटकीय गन्तव्यको सूचिमा सुचिकतृ गरेको छ । भ्रमण वर्ष २०२० लक्षित कार्यशालाले पर्यटकलाई माडी भ्रमणको गन्तव्य बनाउन र पर्यटन प्रवद्र्धनमा कोशेढुंगा सावित हुने विश्वास लिएको छ । भारतको सिमा नजिकै नेपाली भुभागमा रहेको यस क्षेत्रमा विभिन्न अवसरमा लाखौँ भारतीय तिर्थालुहरु आउने गर्दछन ।
प्रस्तर मूर्ति कार्यशाला सम्पन्न गराउन १९ सदस्यीय समिति पनि गठन गरिएको छ । कार्यशाला सम्पन्न गराउन करिव २५ लाख खर्च लाग्ने संचारकर्मि एवंम समितिका सदस्य गोविन्द न्यौपानेले बताए । 
सोमेश्वर गढी क्षेत्रको विकासका लागि नगरपालिकाले गढी जाने नयाँ ३ किलोमिटर सडक पनि निर्माण भईसकेको छ । यस्तै गोल पार्क निर्माण, शालीग्राम पार्क, सुचना केन्द्र निर्माण, आवास, शुद्ध पिउने पानी, शौचालय निर्माण लगायतका कामहरु गरीहरेको छ । गढी क्षेत्रका पथ्थरहरुलाई मूर्तिको स्वरुप दिनका लागि यसअघि माडी नगरपालिकाको तेस्रो नगर सभाले राष्ट्रिय मूर्ति कार्यशाला आयोजना गर्ने निर्णय गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस