धनकुटा । धनकुटाको सहिदभूमी गाउँपालिकाका एक युवकले आफ्नै प्रेमिकालाई निर्घात कुटपिट गरेका छन् । सहिदभूमी गाउँपालिका–४ का भीमसेन राईले आफ्नै प्रेमिका बन्दना राईलाई मरणासन्न अवस्थामा पुग्ने गरी कुटपिट गरेका हुन् । कुटपिटबाट गंभीर घाईते सहिदभूमी–४ खोकुकी १८ बर्षीया बन्दनाको अवस्था गंभीर छ ।
निर्घात कुटपिट पश्चात बेहोस अवस्थामा भेटिएकी बन्दनाको अझै होस नखुलेको उनका दाजु असिम राईले बताए । बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा उनको उपचार भईरहेको छ । चिकित्सकहरुका अनुसार बन्दनाको टाउकोमा रगत जमेको छ । उनको शरिरका बिभिन्न भागमा निलडाम छ ।
कुटपिट गर्ने भीमसेनलाई घटनापश्चात प्रहरीले पक्राउ गरेको छ । पीडित युवतीका आफन्तले दिएको उजुरीका आधारमा राईलाई पक्राउ गरेर कारबाही प्रकृया अघि बढाईएको जिल्ला प्रहरी प्रमुख सुदर्शन कोईरालाले जानकारी दिए । उनीबिरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाएर प्रहरीले घटनाको विषयमा अनुसन्धान गरिरहेको छ ।
प्रहरीका अनुसार भीमसेन र बन्दना दुई बर्ष भन्दा अघि देखि प्रेम सम्बन्धमा रहेको खुलेको छ । भीमसेनले आफ्नी प्रेमीका अरु केटासँग बोलेको झोकमा कुटपिट गरेको प्रहरीसमक्ष बयान दिएका छन् । युवतीको अझै होस नखुलेकाले घटनाको यथार्थ यकिन हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० कार्तिक २०७६, १३ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटको सुधार केन्द्रमा एक व्यक्तिमाथि निर्घात कुटपिट
ट्राफिक प्रहरीले कुटपिट गरेको भिडिओ भाइरल
पोलमा बाधेर महिलालाई मरणसान्न हुनेगरी कुटपिट
कुटिए ड्युटीमा खटिएका दुई जना प्रहरीमाथि कुटपिट
जनकपुरमा मरणासन्न हुने गरी कुटिए व्यवसायी
वरिष्ठ अधिवक्तालाई कुटपिट गरेको आरोपमा एक महिला पक्राउ