६ सय औषधि पसलको दर्ता रद्द

पत्रपत्रिकाबाट

बुधबार, २० कार्तिक २०७६, ०७ : ४४
६ सय औषधि पसलको दर्ता रद्द

फाईल फोटो

काठमाडौँ । सरकारी उदासिनताका कारण नेपाल औषधि बजारमा विकृति मौलाएको छ । 

औषधि व्यवस्था विभागले पारदर्शी र प्रभावकारी रुपमा काम गर्न नसक्दा औषधि बजारमा विकृति मौलाएको  छ । 

विभागको पछिल्लो तथ्यांक अनुसार २३ हजार ५८३ औषधि पसल दर्ता भएका छन् । तर औषधि व्यवसायी संघको तथ्यांकमा २८ हजार ६ सयभन्दा बढी औषधि पसल सञ्चालनमा  रहेको उल्लेख छ ।

आजको राजधानी दैनिकले अवैध रुपमा सञ्चालित ६ सय १५ औषधि पसलेको दर्ता रद्द भएको खबर छापेको छ ।