मासु पोलेको गन्ध यसरी फैलिएछ काठमाडौँमा, ३ जना समातिएपछि खुल्यो रहस्य

सफल खबर संवाददाता

बुधबार, २० कार्तिक २०७६, ०५ : ११
मासु पोलेको गन्ध यसरी फैलिएछ काठमाडौँमा, ३ जना समातिएपछि खुल्यो रहस्य

काठमाडौँ । काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा रातको  समयमा फैलिएको मासु पोलेकोजस्तो गन्धबारे खुलासा भएको छ । 

प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएसँगै रहस्य बाहिर आएको हो । 

प्रहरीका अनुसार राँगा तथा भैसीको हड्डी र छाला खोलामा रातको समयमा पोलिँदा यस्तो गन्ध आएको हो । ललितपुरको नख्खु खोला किनारमा प्रहरीले सो हड्डी तथा छाला जलाउने क्रममा सोमबार तीन जनालाई पक्राउ गरेको छ। 

 स्थानीयले सोमबार राति मासु पोलेको जस्तो गन्ध आएको भन्दै प्रहरीमा गुनासो गरेका थिए । गुनासोसँगै वास्तविकता बुझ्दै जाने क्रममा प्रहरीले नख्खु खोलामा हड्डी तथा छाला जलाउँदै गरेको अवस्थामा फेसल मुस्लिम, साजित मुस्लिम र रजिश शेर्पालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख डीएसपी गौतम मिश्रले जानकारी दिए ।

उनले त्यही जलाइएको गन्ध राति फैलिएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस