राष्ट्रपति भण्डारीद्वारा प्रदेश प्रमुख नियुक्त, यी हुन् नयाँ प्रदेश प्रमुख

सफल खबर संवाददाता

सोमबार, १८ कार्तिक २०७६, २० : ५७
राष्ट्रपति भण्डारीद्वारा प्रदेश प्रमुख नियुक्त, यी हुन् नयाँ प्रदेश प्रमुख

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार सातै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेकी छिन् । 

मन्त्रिपरिषद्को सिफारिसमा भण्डारीले प्रदेश नम्बर १ मा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश नम्बर २ मा तिलक परियार, प्रदेश नम्बर ३ मा विष्णु प्रसाद प्रसाईँ, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश नम्बर ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द प्रसाद कलौनी र सुदूर पश्चिम प्रदेशमा सर्मीला कुमारी पन्तलाई नियुक्त गरेकी हुन् । 

यसअघि सोमबारै बसेको नेकपा सचिवालय बैठकले नाम टुंगो लगाएपछि मन्त्रिपरिषद् बैठकले उनीहरुको नाम अनुमोदन गर्दै राष्ट्रपतिकहाँ सिफारिस गरेको थियो । 

संविधानको धारा १६३ को उपधारा २ बमोजिम राष्ट्रपतिले उनीहरुलाई प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले सोमबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस