यस्ता छन् रक्सीको अम्मल छुटाउने उपायहरू

सफल खबर संवाददाता

शनिबार, १६ कार्तिक २०७६, २१ : १३
यस्ता छन् रक्सीको अम्मल छुटाउने उपायहरू

काठमाडौँ । अहिलेको समयमा रक्सी नखाने मानिस भेट्न जटिलनै छ । नियन्त्रित रुपमा रक्सी खानु पनि स्वास्थ्यको लागि ठिकै मानिन्छ । तर, यसलाई बढी मात्रामा खाने गरेमा यो हाम्रो स्वास्थ्यको लागि हानिकारक छ ।

रक्सीको अम्मल लागेपछि मानिसहरुलाई यसबाट छुट्न निकै गाह्रो हुन्छ । तर, यसले घरमा झगडा ल्याउनुको साथै समाजका मानिसहरुसँगको सम्बन्ध पनि नराम्रो बनाउँछ । कतिपय मानिसहरु यसको लत छुटाउन खोज्छन् तर पनि उनीहरु यसबाट निस्कन सक्दैनन् ।

रक्सीको अम्मल छुटाउने पाँच तरिकाहरू यस्ता छन्
१.खजुर – हरेक दिन दूधमा खजुर मिसाएर खाने गर्दा तपाईलाई रक्सीको लत छुटाउन छिट्टै मद्धत गर्छ ।

२.करेलाको रस – करेलाको पातलाई पिसेर रस निकाल्नुहोस् र दुई चम्चा जति महमा मिसाएर खाने गर्नुहोस् । यसले तपाईंलाई चाँडै रक्सीको लतबाट छुटाउन ठूलो भूमिका खेल्न सक्छ ।

३. गाँजरको जुस – रक्सी छाड्न चाहनेहरुको लागि गाँजर निकै लाभदायक हुन्छ । हरेक दिन गाजरको जुस खाने गर्नुभयो भने तपाईंमा रक्सी पिउने इच्छा मरेर जान्छ ।

४.ज्वाँनो – एक गिलास पानीमा ज्वाँनो राखेर पानी आधी नहुन्जेल उमाल्नुस् । त्यसलाई सेलाएपछि पिउनुस् । एक महिनासम्म लगातार यो रस पिउँदा रक्सी पिउने इच्छा घट्छ ।

५. अदुवाको तेल – अदुवाको तेल वा चियामा अदूवा हालेर खाने गरेमा बिस्तारै तपाईंमा रक्सीको लत छुट्दैँ जान्छ । अदुवाको तेलमा अलिकति मह मिसाएर खाने गरेमा पनि रक्सीको लत छुटाउन लाभदायक हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस