चीनमा फाइभ–जी डाटा प्लान सुरु, कति छ मूल्य ?

एजेन्सी

शनिबार, १६ कार्तिक २०७६, १३ : १७
चीनमा फाइभ–जी डाटा प्लान सुरु, कति छ मूल्य ?

एजेन्सी । चीनको मोबाइल संचालकहरुले आफ्नो देशका ग्राहकको लागि फाइभ–जी सेवाको सुरु गरेका छन् । 

योसँगै चीनले विश्वस्तरमा प्राविधिक मामिलामा निक्कै ठूलो छलाङ लगाएको छ । 
चीनको सरकारी मोबाइल सेवा प्रदायक कम्पनी चाइना मोबाइल, चाइना यूनी–कम र चाइना टेलिकमले बिहिबारलाई आफ्नो फाइभ–जी डाटा प्लानको घोषणा गरे । 
चीन र अमेरिकाबीच व्यापार र प्राविधिक क्षेत्रमा संघर्ष भइरहेको समयमा यो घोषणा भएको छ ।
चीनभन्दा अघि नै दक्षिण कोरिया, अमेरिका र ब्रिटेनले यही वर्ष आफ्ना देशमा फाइभ–जी नेटवर्कको सुरुवात गरिसकेका छन् । 
फाइभ–जी पाचौं पुस्ताको मोबाइल नेटवर्क हो । फाइभ–जीमा इन्टरनेटको गति तीव्र हुने दावी गरिएको छ । 

फाइभ–जीको डाटा प्लानको मुल्य कति ?
चीनले फाइभ–जीको सेवा पहिले अघिल्लो वर्ष सुरु गर्ने बताएको थियो । त्यसपछि उसले एक वर्ष ढिलो गरेर फाइभ–जी सेवाको सुरुवात गरेको छ । 
अत्यन्त तीव्र फाइभ–जी चीनको ५० सहरमा शुरु गरिएको छ । त्यसमा बेइजिङ र संघाई सामेल छन् । चीनको सरकारी एजेन्सी सिन्ह्वाका अनुसार फाइभ–जी डाटा प्लानको मुल्य १२८ युयान(झण्डै २००० रुपैयाँ)देखि ५९९ युयान(९६०० रुपैयाँ) बीचमा पर्छ । 
चीनमा फाइभ–जी नेटवर्कका लागि उपकरण त्यहाँको सबैभन्दा ठूलो सप्ताई कम्पनी हुवावेले गरेको हो । 
हुवावेले अन्य कयैन देशमा फाइभ–जी नेटवर्क स्थापित गर्न पनि महत्वपूर्ण भूमिका निभाइरहेको छ । 
स्मरणीय कुरा, हुवावेलाई अमेरिकाले कालो सुचिमा राखेको छ । अमेरिकाले हुवावे कम्पनीबाट राष्ट्रिय सुरक्षामा खतरा रहेको बताएको छ । 
हुवावेले आफूमाथि लागेको तमाम आरोपलाई खण्डन गरेको छ । चीनमा अमेरिकाको हुवावेविरुद्धको कदमलाई व्यापार–युद्धको एक हिस्साको रुपमा हेरिएको छ । 
 

प्रतिक्रिया दिनुहोस