काङ्ग्रेस र समाजवादीबीच झडप हुँदा जनकपुरमा ७ जना घाइते

सफल खबर संवाददाता

विहीबार, १४ कार्तिक २०७६, १८ : ०४
काङ्ग्रेस र समाजवादीबीच झडप हुँदा जनकपुरमा ७ जना घाइते

जनकपुर । प्रदेश नम्बर २ को धनुषामा सत्तारुढ समाजवादी पार्टी र प्रतिपक्षी  नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा करिब आधा दर्जन घाइते भएका छन् । 

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर १० स्थित रमदैया भवाडीमा समाजवादी पार्टी र काङ्ग्रेसका कार्यकर्ताबीच बुधबार राति झगडाले उग्ररुप लिएपछी हातपात भएको हो ।
कार्यकर्ताबीच हातपात हुँदा दुवैतर्फ घाइते भएको धनुषा प्रहरीले जनाएको छ । हातपात हुदा ७ जना घाइते भएको प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।
बुधबार शुभ विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा कांग्रेस क्षेत्रीय समितिले रमदैयामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोह सम्पन्नपछि सामान ओसार्ने क्रममा विवाद हुँदा झडप भएको थियो ।
झडपमा परी घाइते हुनेमा कांग्रेसका रामहृदय यादव, सुकदेव यादव, रामबहादुर यादव र अमरेशकुमार यादव छन् भने समाजवादी पार्टीका श्याम यादव, उमेश यादव र सन्तोष यादव रहेका छन् ।
सामान्य विवादले उग्ररुप लिएपछि करिब २५ जना कांग्रेस कार्यकर्ता थपिएपछि झडप भएको थियो ।
कांग्रेसका कार्यकर्ता रामबहादुर यादवले कार्यक्रम सम्पन्नपछि कार्यक्रमस्थलमा लगाइएको टेन्टलगायतका सामान आसार्ने क्रममा आफ्ना कार्यकर्तालाई बीच बाटोमा समाजवादी पार्टीका कार्यकर्ताले अवरोध गरेपछि झडप भएको दाबी गरे ।
झडपमा घाइतेहरुको जानकी मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस