बलात्कार काण्डमा मुछिएका इन्द्रहाङ राई बर्खास्त

सफल खबर संवाददाता

मंगलबार, १२ कार्तिक २०७६, २१ : १७
बलात्कार काण्डमा मुछिएका इन्द्रहाङ राई बर्खास्त

काठमाडौँ । १८ वर्षीया युवती बलात्कार अभियोगमा प्रहरी हिरासतमा रहेका अनेरास्ववियूका नेता तथा आरआर (रत्नराज्य लक्ष्मी) क्याम्पसका स्ववियू सहसचिव इन्द्रहाङ राई बर्खास्तीमा परेका छन् । 
आरआर क्याम्पसका स्ववियू अध्यक्ष तपेन्द्र बहादुर शाहीले मंगलबार एक विज्ञप्ति जारी गर्दै राईलाई आजैको मितिदेखि कारबाही गरी स्ववियुका कुनै पनि गतिविधिमा संलग्न नगराइने निर्णय गरिएको जानकारी गराएका छन् । 
संगठनको फलामे अनुसानको प्रवाह नगरी यस किसिमको क्रिकलापमा संलग्न हुने जो कोही भएपनि हदैसम्मको कानुनी कारबाहीको दायरामा ल्याइनुपर्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । 
शाहीले घटनाका बारेमा प्रहरीलाई सत्यतथ्य बाहिर ल्याउन आग्रह गर्दै पीडित पक्षलाई न्याय दिलाउन संगठन हर किसिमको सहषेग गर्न तयार रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस