पढ्नका लागि सिंगापुर पुगे गगन थापा

सफल खबर संवाददाता

मंगलबार, १२ कार्तिक २०७६, २० : ३१
पढ्नका लागि सिंगापुर पुगे गगन थापा


काठमाडौँ–नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापा अध्ययनका लागि सिंगापुर पुगेका छन् । शहरी क्षेत्रको यातायात, स्वास्थ्य र आवास क्षेत्रलाई कसरी दिगो र व्यवस्थित बनाउने भन्ने विषयमा अध्ययनका लागि थापा सिंगापुर पुगेका हुन् । 
थापाले मंगलबार ट्वीटरमार्फत दिएको जानकारीअनुसार उनी अबको एक साता सिंगापुरको नानयाङ टेक्नोजोजिकल विश्वविद्यालयमा विद्यार्थीका रुपमा रहनेछन् । आफू वर्ल्ड इकोनोमिक फोरमको छात्रवृत्तिमा अध्ययनका लागि त्यहाँ पुगेका हुन् । 
त्यहाँ रहँदा हशरको यातायात, स्वास्थ्य र आवास क्षेत्रलाई दीगो र व्यवस्थित बनाउन सूचना प्रविधिको उपयोग लगायतका विषयमा अध्ययन गर्ने थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस