भाइटिकाको दिन चितवनमा प्रहरीको नि:शुल्क बस सेवा सन्चालन

सफल खबर संवाददाता

मंगलबार, १२ कार्तिक २०७६, १३ : ५५
भाइटिकाको दिन चितवनमा प्रहरीको नि:शुल्क बस सेवा सन्चालन

 चितवन । चितवन प्रहरीले तिहारको भाइटिकाको दिन निसुल्क बससेवा संचालन गरेको छ । तिहारमा उपत्यका बाहिर चितवनमा प्रहरीले सर्वसाधारण नागरिकहरुको सहजताको लागी नि:शुल्क बस सेवा संचालन गरेको हो । 

नागरिक सहजताको लागि अाज कात्तिक १२ गते नि:शुल्क बस सेवा संचालन गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दानबहादुर मल्लले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय चितवनरको समन्वय तथा संयोजनमा सामुदाय प्रहरी साझेदारी अवधारणा अन्तरगत सर्वसाधारण नागरिकहरुको सहजताको लागि नि:शुल्क बस सेवा संचालन गरेको उनले बताए ।

आज बिहान ९ बजेदेखि साझ ५ बजेसम्म पूर्वी चितवन र पश्चिम चितवनका विभिन्न रुटमा ना १ क ५६०८, बा १ ग २९९६, प्रदेश ३-१००१ ग ३६५० नम्बरको ३ वटा बसले निसुल्क सेवा दिइरहेको प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक एक नारायन कोइरालाले बताए । 

चितवन प्रहरिले यसअघि दसैमा पनि १ दिन निसुल्क बस सेवा संचालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस