पूर्वराजाले दिए दलहरुलाई दुई सुझाव

सफल खबर संवाददाता

मंगलबार, १२ कार्तिक २०७६, १३ : १०
पूर्वराजाले दिए दलहरुलाई दुई सुझाव

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई अनुभूति हुनेगरी विकास र प्रगतिको कामलाई अघि नबढाए परिवर्तनकारी शक्तिहरुनै अप्ठयारोमा पर्न सक्ने चेतावनी दिएका छन् । उनले जनताको पक्षमा काम गर्न पनि दलहरुलाई सुझाव दिए ।  

मंगलबार बहिनी शोभा राज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गरेपछि संचारकर्मीसँग कुराकानी गर्दै उनले परिवर्तनकर्ताहरुले प्रगति र विकासको कुरालाई मनन गरेनन् र बुझेनन् भने त्यस्तो परिवर्तनको कुनै अर्थ नहुने बताए । 
उनले भने, ‘ परिवर्तन हुँदाखेरी दुईटा महत्वपूर्ण कुरा हुुनुपर्दछ, एउटा प्रगति अर्को विकास । यी दुईटा कुरालाई मनन् गरेनन् र बुझेनन् भने परिवर्तनको अर्थ हुँदैन, र परिवर्तनकर्तालाई अप्ठयारो पर्न सक्छ ।’ 
सो अवसरमा पूर्वराजाले धन हुनेलाई मन र मन हुनेलाई नेपालीपन पाओस् भनि शुभकामना समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस