मनकामना केवलकारको वार्षिकोत्सवमा उपहार योजना

बुधबार, ०६ कार्तिक २०७६, १८ : २६
मनकामना केवलकारको वार्षिकोत्सवमा उपहार योजना

काठमाडौं । मनकामना केवलकारले वार्षिकोत्सबका अवसरमा विभिन्न उपहार योजना ल्याएको छ ।

एक महिनासम्म चल्ने यो योजनामा केवलकार चढ्ने सेवाग्राहीले विभिन्न उपहार पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिलो उपहार ४३ इन्चको एलजी स्मार्ट टिभी, दोस्रो उपहार ३२ इन्चको स्मार्ट टिभी र तेस्रो पुरस्कार सामसङ मोबाइल छ । कम्पनीका प्रवन्ध निर्देशक राजेशबाबु श्रेष्ठले २१औं वार्षिकोत्सवका अवसरमा यात्रुलाई सम्मान गर्ने उदेश्यले ‍उपहार योजना ल्याएको बताए ।

विहिबारदेखि कार्यान्वयनमा आउने यो योजना मंसिर ७ गतेसम्म लागु हुनेछ । उनका अनुसार मंसिर ८ गते वार्षिकोत्सवका अवसरमा लक्की ड्रमार्फत विजेता घोषणा गरिनेछ ।

यो योजनामा चितवन कोईका कर्मचारी, विदेशी नागरिक, स्थानीय वासिन्दा र बालबालिकाको टिकटमा भने लागु नहुने कम्पनीले जनाएको छ । २० वर्ष अघि संचालनमा आएको यो केवलकारमा डेढ करोडले यात्रा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस