करेन्ट लागेर एक जनाको मृत्यु

बुधबार, ०६ कार्तिक २०७६, १४ : २४
करेन्ट लागेर एक जनाको मृत्यु

कात्तिक । भोटेकोशी गाउँपालिका–४ हिन्दीमा करेन्ट लागेर एकको मृत्यु भएको छ । आज बिहान हिन्दीका ६० वर्षीय गोरे श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार छिमेकी रुक्मिणी कार्कीको भूकम्पले भत्काएको दुई तले घरको छतमा रहेको पानी ट्याङ्की राख्ने स्ट्याण्ड लिन जाँदा करेन्ट लागेको थियो ।

स्ट्याण्डलाई फलामको भ¥याङबाट तल झार्ने क्रममा नजिकै रहेको थ्री फेज लाइनमा छुन जाँदा गारेलाई करेन्ट लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा उपचारको क्रममा  मृत्यु भएको हो । (रासस) 

प्रतिक्रिया दिनुहोस