काठमाडौं। देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरभित्रको मुख्य भवनको चारै मोहडाको प्रबलीकरण सुरु भएको छ । भूकम्पबाट क्षति भएको सिंहदरबारको पश्चिम मोहडाको प्रबलीकरण गरिएसँगै चारै मोहडाको निर्माण सुरु भएको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिंहदरबारको मुख्य भवनको पूर्व, उत्तर र दक्षिणी भागको मर्मतसम्भार तीव्र रूपमा गर्दै आएकोमा मंगलबारबाट पश्चिम मोहडाको प्रबलीकरण सुरु गरेको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुरातात्विक महत्व र पहिचान कायम हुनेगरी सिंहदरबारको प्रबलीकरण सुरु गरेको बताए ।
सिंहदरबारको उत्तर, पूर्व र दक्षिण मोहडाको १५ महिनादेखि प्रबलीकरण जारी छ । निर्माण व्यवसायीका अनुसार उत्तर, पूर्व र दक्षिण मोहडाको प्रबलीकरणको ७० प्रतिशत कार्य सम्पन्न भएको छ । प्राधिकरणले सिंहदरबारको मुख्य भवनलाई ८.८ रेक्टर स्केलको भूकम्पबाट क्षति नपुग्ने गरी पुनर्निर्माणअन्तर्गत प्रबलीकरणको काम अगाडि बढाएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस