नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत चिनियाँ अभिनेत्री

सफल खबर संवाददाता

शनिबार, ०२ कार्तिक २०७६, १८ : १६
नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत चिनियाँ अभिनेत्री

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूतमा चिनियाँ अभिनेत्री सु चिङलाई नियुक्त गरिएको छ । 
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सुलाई सद्भावना दुतमा नियुक्त गरिएको हो । सुले सद्भावना दूत बन्न पाउँदा खुशी लागेको बताइन् । 
पर्यटनमन्त्री योगेश भट्टराईले अभिनेत्री सुले साथीभाइ र अरुलाई पनि नेपाल जान आग्रह गर्ने बताए ।

सन् १९९० मा ‘लाइफ अन ब स्ट्रिङ’मार्फत् चिनियाँ फिल्मबाट डेब्यू गरेकी चिङले ‘डार्क अब्सेसन’, ‘द इम्पेरर्स स्याडो’, ‘आइ लभ यू टू’, ‘मिस्टर सिक्स’ लगायत दर्जन बढी चिनियाँ र हलिउड फिल्ममा अभिनय गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस