सांसद साहको रिहाईको माग गर्दै विरगन्जमा विद्यार्थीहरुद्वारा टायर बालेर प्रदर्शन

सफल खबर संवाददाता

विहीबार, ३० असोज २०७६, १८ : २९
सांसद साहको रिहाईको माग गर्दै विरगन्जमा विद्यार्थीहरुद्वारा टायर बालेर प्रदर्शन

फाइल फोटो

काठमाडौं । प्रतिनिधिसभा सदस्य प्रमोद कुमार साहको रिहाईको माग गर्दै राष्ट्रिय विधार्थी संघ ठाकुर राम बहुमुखी क्याम्पसका विद्यार्थीहरूले वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको अगाडि टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।

ठाकुर राम बहुमुखी क्याम्पसका ईकाइ अध्यक्ष अमित यादको अगुवाइमा भएको कार्यक्रममा सचिव सगिरअली, राष्ट्रिय विद्यार्थी संघका जिल्ला उपाध्यक्ष सुमित चौरसिया, विद्यार्थी नेताहरू विक्की राज पटेल, रवि चौरसिया, हरि यादव, अनिश कुशवाहा, युवा नेताहरू बिष्णु पटेल, अफरोज अली, नुर मियाँ लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस