करले सत्ता परिर्वतन हुन सक्छ : सुरेन्द्र पाण्डे

सफल खबर संवाददाता

विहीबार, ३० असोज २०७६, १६ : ३९
करले सत्ता परिर्वतन हुन सक्छ : सुरेन्द्र पाण्डे

चितवन । पूर्वअर्थमन्त्री तथा नेकपा स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डेले करले सत्ता परिर्वतन हुन सक्ने संकेत गर्नु भएको छ । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनले दसैँतिहार तथा छठको अवसरमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वअर्थमन्त्री पाण्डेले जनताका भावना विपरित बढी कर लिए त्यसले सरकारलाई समस्या सृजना गर्न सक्ने भन्दै करका बिषयमा सचेत हुनु पर्ने बताउनु भयो । राजतन्त्र, गणतन्त्र, लोकतन्त्र र कर एक आपसमा अत्यन्त सम्बिन्धित भएको बिषय भएको उहाँको भनाई थियो ।

बेलायतको राजतन्त्रको उदाहरण दिँदै पाण्डेले भन्न्ुा भयो जतिखेर बेलायतमा राजतन्त्र विरोधी संघर्ष भईरहेको थियो त्यसको मुख्य कारण के थियो भने त्यहाँ राजाहरु मनपरी कर लगाउँथे र मोजमस्ती गरेर बाच्थे त्यसमा कसैले पश्न खडा गर्न पाउँदैनथ्यो । त्यहाँका जनताले राजनीतिक प्रतिनिधिले जनप्रतिनिधिको व्यवस्था भएको अवस्थामा मात्रै कर तिर्छौ हामी राजालाई होइन भन्ने प्रश्न जनताले उठाएपछि राजतन्त्र समाप्त भयो । करले बेलायतमा राजतन्त्र फालेकाले कर बढी लगाएमा लोकतन्त्र र गणतन्त्रलाई पनि असर हुने उहाँको भनाइ थियो ।

कर लिँदा विशेष ख्याल गर्न उहाँले आग्रह गर्नुभयो । स्थानीय तहहरुले लिएको कर न्यायोचित छ छैन् त्यो विषयमा गम्भीर छलफल हुन जरुरी छ उहाँले भन्नुभयो  बढी भए सच्याएर नागरिकलाई चित्त बुझाएर कर लिनुपर्छ  । पाण्डेले यस्तो बताउनु भएको हो । हिजो क्रान्ति र आन्दोलनका च्याम्पियन बनेका नेताहरु अब देश निर्माणका च्याम्पियन बन्नुपर्ने उहाँको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस