४ वटा प्रदेशको पहिलो बैठक आज बस्दै

आइतबार, २१ माघ २०७४, १० : १७
४ वटा प्रदेशको पहिलो बैठक आज बस्दै

चितवन । प्रदेश २, ५, ६ र ७ को पहिलो प्रदेशसभा बैठक आज बस्दै छ । प्रदेश २ को जनकपुरधाम, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढीमा बैठक बस्न लागेको हो ।

प्रदेश १ र ४ को बैठक सोमबार तय भएको छ । प्रदेश ३ को बैठक भने १८ माघमै सम्पन्न भइसकेको छ ।  संघीयता कार्यान्वयनसँगै हुन लागेको प्रदेश बैठकमा प्रमुख दलका सांसदहरूले आफ्नो प्रदेशलाई समृद्ध बनाउने सपना लिएर आएको बताएका छन् ।

प्रदेश २ मा तराई मधेसका ८ जिल्लाबाट अधिकांश प्रदेश सांसद दुई दिनअघि नै जनकपुर पुगेका छन् । भावी सरकार निर्माण र प्रदेश सांसदको भूमिकाबारे उनीहरू आन्तरिक छलफल चलाइरहेका छन् । प्रदेश २ को बैठकको अध्यक्षता ज्येष्ठ सदस्य लगन चौधरीले गर्नेछन् । मधेस आन्दोलन चर्किएका जिल्लालाई समेटेर बनाइएको प्रदेश २ का सांसदहरू संसदीय दलको नेता चयन गरी मुख्यमन्त्री छान्ने कसरतमा छन् । यो प्रदेशमासंघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी राजपाले मुख्यमन्त्री चयन गर्नेछन् । मुख्यमन्त्रीबारे राति अबरेसम्म टुंगो लागेको छैन ।

प्रदेश नम्बर ५ को वुटवट उद्योग वाणिज्य संघको हलमा बैठक बस्ने भएको छ । त्यसका लागि बैठक कक्षमा आवश्यक पूर्वाधारको तयारी भइसकेको छ ।

प्रदेशसभा ६ को बैठक सञ्चालनका लागि कार्यविधि पनि तयार भइसकेको छ । आज दिउँसो प्रदेशसभाको बैठक बस्नेछ भने जेष्ठ सदस्य हिमबहादुर शाहीले सभा सञ्चालन गर्नेछन् । आजको बैठकमा प्रत्येक दलका एक एक जना प्रतिनिधिले संक्षिप्त मन्तव्य पनि राख्ने कार्यसूची तय भएको छ ।

प्रदेश नम्बर ७ को बैठक पनि धनगढमिा रहेको जिल्ला समन्वय समितिको हलमा बस्नेछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस