सञ्चारकर्मी देउजाविरुद्ध पक्राउ पूर्जी जारी

शुक्रबार, २४ असोज २०७६, ०८ : १७
सञ्चारकर्मी देउजाविरुद्ध पक्राउ पूर्जी जारी

बाारा । बाराको सिमरामा रहेको रेडियो समपर्णका सञ्चारकर्मी सन्तोष देउजाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
विद्युतिय अपराध सम्बन्धि कसुरमा जिल्ला अदालत काठमाडौंले देउजालाई पक्राउ गर्न आदेश दिएको हो । इलाका प्रहरी कार्यालय सिमराका अनुसार देउजालाई प्रहरीले एकसातादेखि खोजी गरिरहेको छ । 

देउजाले युट्युव मार्फत व्यक्तिको चरित्र हत्या गरी अबैध असुली गरेको आरोप लागेको प्रहरी स्रोतले जनाएको छ । कपुरबोट मिडिया प्राली मार्फत कपुरबोट डटकम र कपुरबोट टिभी नामक युट्युव च्यानल सञ्चालन गर्दै आएका देउजा सिमरामा रहेको रेडियो समपर्णमा आबद्ध छन् ।

पर्साको ठोरी स्थायी घर भएका देउजा हाल जीतपुरसिमरा उपमहानगरपालिका २ सिमरा नरबस्तिमा डेरा गरि बस्दै आएका थिए । 

प्रतिक्रिया दिनुहोस