चितवन । जिल्ला कारागार भरतपुरमा रहेका एक कैदीको मृत्यु भएको छ । धादिङ गजुरी गाँउपालिकाका ३६ वर्षीय साइला भनिने राज कुमार राईको मृत्यु भएको कारागारले जनाएको छ ।
राइ कलेजोका क्यान्सर पीडित रहेका थिए । उनलाई केन्द्रिय कारागार काठमाण्डौबाट उपचारका लागी असोज २ गत्ते चितवन ल्याइएको थियो । राइको उपचारकै क्रममा गए राति १२ बजे विपी कोईराला मेमेरियल क्यान्सर अस्पतालमा मृत्यु भएको कारागारका प्रमुख कमल प्रसाद काप्mलेले बताए ।
उनिविरुद्ध जवरजस्ती करणी मुद्धामा २०७३ सालमा ६ वर्षको कैद सजाय पाएका थिए । कारागारका अनुसार ३ वर्ष कैद भुक्तान गरीसकेका थिए । राईको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
२०७६ वैशाखयता ३ जना कैदिको मृत्यु भईसकेको कारागार कार्यालयले जनाएको छ । गएको जेठ ३ गत्ते सरिता थिङ्ग, र असार ७ गत्ते भरत बहादु थापा मगरको क्यान्सरकै कारण मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस