निर्वाचन आयोगप्रति बाबुराम भट्टराईको रोष ?

निर्वाचन आयोगका पदाधिकारीहरूको आफ्नो पार्टीमाथि वक्रदृष्टि भएको आरोप

सफल खबर संवाददाता

शुक्रबार, १० असोज २०७६, ०९ : ००
निर्वाचन आयोगप्रति बाबुराम भट्टराईको रोष ?

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले निर्वाचन आयोगप्रति आक्रोश पोखेका छन् ।

आयोगले आफ्नो पार्टीलाई चुनाव चिन्ह प्रदान गर्दा हात दिएको नभनी पाँच आंैला सहितको हत्केला भनेको भन्दै भट्टराईले आक्रोश पोखेका हुन् ।

उनले यसलाई निर्वाचन आयोगका पदाधिकारीका आफ्नो पार्टीमाथीको वक्रदृष्टिका रुपमा समेत अथ्र्याएका छन् ।
आयोगले हिजो बिहीवार आगामी मंसिर १४ को उपचुनावका लागि आयोगमा दर्ता भएका २१ नयाँ दललाई चुनाव चिन्ह प्रदान गरेको थियो ।

सत्तारुढ दल नेकपा र समाजवादी पार्टी दुवै पार्टी एकतापछि नयाँ दल बनेकाले दुवै दलले १४ मंसिरको निर्वाचनका लागि आयोगमा दल दर्ता गराउनु पर्ने थियो ।

त्यही आधारमा नेकपासहित २१ दलले आयोगमा दल दर्ता गराएका थिए । विगतमा नयाँ शक्ति पार्टी हुँदा पनि आयोगसाग आफ्नो पार्टीले चुनाव चिन्ह आँखा माग्दा आँखा दिएपनि त्यसलाई देव्रे आँखा भन्दै परिभाषित गर्ने क्रममा वक्रदृष्टि राखेको भट्टराईको आरोप छ । अहिले पनि त्यसै गरी हातको साटो पाँच औलासहितको हत्केला भनी दिएको भनी भट्टराईले आयोग पदाधिकारीप्रति रोष व्यक्त गरेका हुन् ।
 



उनले समाजिक सञ्जालमा आज एका विहानै आयोगप्रति आक्रोश पोख्दै स्टाटास लेखका हुन् । भट्टराईले लेखेका छन्,–‘निर्वाचन आयोगका पदाधिकारीहरूको वक्रदृष्टि गजवको छ । समाजवादी पार्टीको चुनावचिन्ह ‘पाँच औंला सहितको हत्केला’ रे यसलाई हातमात्र भन्न किन नहुने ? पहिले नयाँ शक्ति पार्टीले आँखाँ माग्दा ‘देब्रे आँखा’ वक्सिएको थियो । रूखलाई किन यति हाँगा र पात सहितको र सूर्यलाई यति किरण सहितको नभनेको होला ?

भट्टराईको यस्तो टिप्पणीमा धेरै ले टिप्पणी पनि लेखेका छन् । कतिपयले किन यति साह्रो चित्त दुखाई गरेको भन्दै भट्टराईलाई व्यंग्य कसेका छन् ।

नेकपका केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले भट्टराईलाई जवाफ फर्काउँदै लेखेका छन्,–‘कस्तो रिस उठेको डाक्टरसाव ?’

प्रतिक्रिया दिनुहोस