गणेश लामा काँग्रेसको केन्द्रीय सदस्यमा मनोनित

सफल खबर संवाददाता

विहीबार, ०९ असोज २०७६, २१ : २६
गणेश लामा काँग्रेसको केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं । गुण्डा नाइके भनेर चिनिएका गणेश लामा नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा मनोनित हुने भएका छन् ।  

शुक्रबार बस्ने काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले लामालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने बुझिएको छ । स्रोतका अनुसार कांग्रेसमा समाहित भएको विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य लामालाई काँग्रेसको केन्द्रीय सदस्यमा ल्याउन लागिएको हो ।

पार्टी एकीकरणताका गच्छदारसँग भएको सहमति कार्यान्वयन हुने भएसँगै लामालाई पनि केन्द्रीय समिति सदस्य बन्ने भएका हुन्  । 

प्रतिक्रिया दिनुहोस