नारायणकाजीको घरमा भव्य भोज

सफल खबर संवाददाता

विहीबार, ०९ असोज २०७६, ०७ : ४१
नारायणकाजीको घरमा भव्य भोज

काठमाडौं । नेकपाका प्रचार विभाग तथा प्रवक्ता नारायणकाजी श्रेष्ठको निवासमा भव्य भोज भएको छ । वुधबार साँझ श्रेष्ठले आफ्नै निवासमा शीर्ष राजनीतिक दलका नेता, सम्पादक पत्रकारहरुलाई निम्तो गरी भोज दिएका हुन् ।
 
संविधान दिवसको उपलक्ष्यमा श्रेष्ठले निवासमा पार्टी नेतादेखि पत्रकारहरुसम्मलाई बोलाई भोज दिएका हुन् । उनले केही वर्षयता संविधान दिवसको अवसर पारेर आफ्नो निवासमा यस्तो भोज दिने गर्दै आएका थिए । संविधान दिवसको शुभकामना आदान प्रदान गर्ने उद्देश्यले उनले केही वर्षयता यस्तो कार्यक्रमको आयोजना गर्दै आएका थिए । ३ असोज २०७२ मा नेपालले संविधानसभावाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गरेको थियो ।
 
उनले संविधान दिवसको भोलिपल्ट या पर्सिपल्ट नै नेता पत्रकारहरुलाई निवासमा निम्ताएर भोज दिने गरेका थिए । तर यो पटक भने संविधान दिवसको ५ दिनपछि भोज दिएका हुन् ।

नेकपाले ६ र ७ गते चिनियाँ कम्युनिष्ट पार्टीसँगको दुई दिने विचारधारात्मक अन्र्तक्रिया कार्यक्रमको तयारीमा लाग्नु परेको र उक्त कार्यक्रममा व्यस्त हुनुपरेपछि श्रेष्ठले गर्दै आएको शुभकामना आदानप्रदान कार्यक्रम ५ दिन ढिलो राखेका थिए ।

नेपाल र चिनका कम्युनिष्ट पार्टीको विचारधारात्मक अन्र्तक्रिया र औपचारिक भाइचारा सम्बन्ध स्थापित गर्ने कार्यक्रम सकेर चिनियाँ विदेशमन्त्री सोङ ताओ स्वदेश फर्केकै दिन पारेर उनले उक्त कार्यक्रम आयोजना गरेका थिए । ताओ हिजो दिउँसो नै स्वदेश फर्किएका थिए ।
श्रेष्ठको निम्तोमा नेकपाका  अध्यक्ष तथा प्रधानमन्त्री ओलीबाहेक अन्य शीर्ष नेताहरु पुगेको एक सहभागीले बताए । 

प्रतिक्रिया दिनुहोस