कांग्रेसको जागरण अभियानमा आफ्नै पार्टी नेताहरुका बिचमा झडप

सप्तरीमा प्रतिनिधीसभाका सांसदलाई मञ्ञवाटै लडाइयो, एक दर्जन नेताद्वारा  जिल्ला सभापतिलाई कारवाहीको माग

सफल खबर संवाददाता

बुधबार, ०८ असोज २०७६, ०७ : ४५
कांग्रेसको जागरण अभियानमा आफ्नै पार्टी नेताहरुका बिचमा झडप

काठमाडौं । आन्तरिक पार्टी सुढीढीकरणका लागि जागरण अभियान चलाएको बताएपनि प्रमुख  प्रतिपक्षी कांग्रेसमा आफ्नै पार्टी नेता कार्यकर्ताका वीचमा झडप भएको छ ।

कांग्रेसको दोश्रो चरणको जागरण अभियानको सपमान कार्यक्रममा सप्तरीमा झडप भएको छ । झडपमा सप्तरीमा कांग्रेसका एक सांसदलाई जिल्ला सभापतिले नै कार्यकर्ता लगाई मञ्चवाटै धकेलिदिएका छन् ।

जिल्ला सभापतिकै धक्कामा परेका कांग्रेसका सांसद हुन्, सप्तरी ४ वाट निर्वाचित सांसद तेजुलाल चौधरी ।

जिल्ला सभापतिकै मान्छेहरुले मञ्चवाटै धम्का लगाएपछि उनलाई कारवाहीको माग गदै दुई सांसद सहितका झण्डै एक दर्जन नेताहरुले सभापतिलाई कारवाहीको माग गरेका छन् ।

धक्का लगाउने जिल्ला सभापति दिनेश यादव हुन् ।

सांसद चौधरीलाई मञ्चबाट लडाइपछि उनी पक्षधर कार्यकर्ताहरुले सभापति यादवविरुद्ध नाराबाजी गर्दै जागरण अभियानको समापन कार्यक्रम बहिस्कार गरे । त्यसपछि सो समूहले निर्धारित कार्यक्रम बहिष्कार गरी नाराबाजीसहित प्रदर्शन र विरोधसभा गरेका थिए ।

कार्यक्रम सुरु हुने बेलामा आफूलाई मर्यादा क्रम मिचेर मञ्चमा आसन ग्रहणका लागि बोलाइएको भन्दैै आक्रोसित बनेका सांसद चौधरीले मञ्चमै सभापति यादव समक्ष आपत्ति  जनाएका थिए ।

आफु कांग्रेसवाट जिल्लामै एक जना मात्र निर्वाचित सांसद रहेको तर कार्यक्रममा गाउ र नगरपालिकाका पदाधिकारी भन्दा पनि पछि वोलाएर आसन ग्रह्ण गराएकोमा चौधरीले आपत्ति जनाएका थिए ।

त्यसपछि सभापति यादवले पनि चौधरीमाथी खनिएका थिए । त्यसक्रममा आफूलाई मञ्चबाट अपमानपूवर्क सभापति यादवले धकेलेको चौधरीले बताएका छन् । घटनापछि आक्रोसित सांसद चौधरी सहित पुर्वसभासद रंजित कर्ण, कांग्रेसी नेता रामदेव साह लगायतको नेतृत्वमा एक समूहले कार्यक्रम बहिस्कार गरी सभापति यादव विरुद्घ चर्को नारावाजी गर्दै नेता चौकमा पुुगी विरोध सभा गरेका थिए ।

सरकारको भण्डाफोर गर्ने र पार्टी सुढीढीकरण गर्ने भनेको काग्रेस सप्तरीमा आफ्नै पार्टी नेताहरुको भण्डाफोरमा उत्रेका थिए ।

सांसद चौधरी लगायतले सभापति यादवलाई कारवाही गर्न भन्दै सार्वजनिक अपिल समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस