Safal Khabar - नेकपा र  चिनियाँ कम्युनिस्ट पार्टीबीच भएको सहमतीपत्रमा के छ ?
शुक्रबार, ०१ कार्तिक २०७६ (Friday, 18 October, 2019)
नेकपा र  चिनियाँ कम्युनिस्ट पार्टीबीच भएको सहमतीपत्रमा के छ ?
मङ्गलबार, ०७ असोज २०७६, १४ : ३७
नेकपा र  चिनियाँ कम्युनिस्ट पार्टीबीच भएको सहमतीपत्रमा के छ ?

काठमाडौं । आज नेपाल कम्युनिस्ट पार्टी र चिनियॉ कम्युनिस्ट पार्टीबीच समझदारी-पत्रमा हस्ताक्षर भएको छ । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालको उपस्थितिमा नेकपा विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियॉ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सड. ताओले हस्ताक्षर गर्नुभएको समझदारी-पत्रमा निम्न छ बुँदा छन्:

१. उच्चस्तरीय भ्रमण
२. कार्यकर्ता तहको अध्ययन भ्रमण बृद्धि
३. पार्टी-पार्टी अनुभव आधारित सहयोग आदान-प्रदान
४. युवा र स्थानीय नेताहरूबीच भ्रमण आदान-प्रदान
५. जनस्तरको सम्बन्ध (बुद्धिजीवी, नागरिक संस्था, मिडिया) अभिवृद्धि
६. विचार-सिद्धान्तमा आधारित बार्षिक कार्यक्रम संचालन

प्रतिक्रिया दिनुहोस