भरतपुरमा रहेको कार्टुन उद्योगमा आगलागी

सफल खबर संवाददाता

मंगलबार, ०७ असोज २०७६, ०९ : ३८
भरतपुरमा रहेको कार्टुन उद्योगमा आगलागी

फाईल फोटो

भरतपुर । भरतपुर महानगरपालिका–४, दुर्गाचोकमा रहेको कार्टुन उद्योग (युनाईटेड प्याकेजिङ प्रालि)  मा आज मंगलबार विहान आगलागी भएको छ । 

विहान करिव १  बजेबाट  लागेको आगो अहिलेसम्म पूर्णरुपमा  नियन्त्रणमा आउन नसकेको  प्रहरीले जनाएको छ  ।  

चितवन जिल्ल्ला प्रहरी प्रमुख दानबहादुर मल्लले  राती १ बजे देखि नै आगो नियन्त्रणमा ल्याउन कोसिस गरिरहेको भए पनि अझै नियन्त्रणमा नआएको जानकारी दिए ।

आगोलागीबाट उद्योगमा ठुलो क्षति भएको छ  । अन्यत्र आगो फैलिन भने रोकिएको छ । चट्याङले विद्युतको  तार सर्ट भई आगलागी भएको हुन सक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस