विप्लवलाई उपत्यकामै अर्काे झट्का, ब्यूरो इन्चार्ज नै पक्राऊ

माइला लामाको ठाउमा नयाँ जिम्मेवारी लिएर आएका अर्का ब्यूरो इन्चार्जलाई पनि प्रहरीले पक्राउ गरेको छ

सफल खबर संवाददाता

मंगलबार, ०७ असोज २०७६, ०९ : २०
विप्लवलाई उपत्यकामै अर्काे झट्का, ब्यूरो इन्चार्ज नै पक्राऊ

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपालाई फेरि अर्काे झट्का लागेको छ । पार्टीका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा (प्रन्ज्वल) पक्राउ परेपछि उसलाई उपत्यकाको नेतृत्वमा ल्याउने नेताहरुको अभाव परेको थियो ।

लामो छलफल र वहसपछि उसले पहिलेका ब्यूरो इन्चार्जले हेदै आएको जिल्लामध्येको आधार जिल्लाको मात्र जिम्मेवारी हेर्ने गरी केन्द्रीय सदस्य नविन विश्वकर्मा (हितमान) लाई केही समय अगाडी मात्रै ल्याइएको थियो ।

प्रवक्ता खडकवहादुर विश्वकर्मा निकट मानिने विश्वकर्मालाई उपत्यका इन्चार्जमा उनकै जोडवलमा जिम्मा दिइएको थियो ।

तर उनी पनि अहिले पक्राउ परेपछि विप्लव नेतृत्वको नेकपालाई उपत्यकामा ठूलो झट्का लागेको छ ।

विश्वकर्मालाई प्रहरीले हिजो ललितपुरवाट पक्राउ गरेको विप्लव नेकपाका एक नेताले वताए । तर प्रह्रीले यस वारेमा थप केही वताएको छैन । पक्राउ परेको २४ घण्टा वितिसक्दा पनि प्रहरीले विश्वकर्माको वारेमा केही नवताई वेपत्ता वनाएको प्रतिवन्धित नेकपाले आरोप लगाएको छ ।

उनी पर्यटन पूर्व राज्यमन्त्री समेत थिए । लामा उपत्यका ब्यूरो इन्चार्ज हुदा उनी ललितपुर जिल्ला इन्चार्जको जिम्मेवारीमा थिए । माइलाको पक्राउ पछि उनलाई नेकपाले ब्यूरो इन्चार्जको जिम्मा दिएको थियो 

सरकारले प्रतिवन्धित नेकपाका नेताहरुलाई पक्राउ गर्ने नीति अगाडी सारेपछि धमाधम नेताहरु पक्राउ परिरहेका छन् । विप्लवका नेताहरु हेमन्तप्रकाश वली, भरत वम, वन्धु चन्द, माइला लामा, वसन्त श्रेष्ठ प्रज्ज्वलन लगायत नेताहरुलाई पक्राउ गरिसकेको छ ।

कतिपय पक्राउ परेका नेता कार्यक्र्ताले पनि प्रह्री सँग लिखित कागज गदै आफुहरु स्वतन्त्र जीवन यापन गर्ने वताउँदै निस्केपछि विप्लव नेकपालाई झट्का लागिरहेको थियो । उपत्यकामै काम गदै आएकी धिरेन्द्रा उपाध्याय भृकुटी पनि केही महिना अगाडी मात्रै पक्राउ परेकी थिइन् ।

उपत्यकाका जिम्मेवारीमा रहेका नेताहरु नै एक पछि अर्काे गदै प्रहरीको तारो वन्न थालेपछि विप्लव नेकपालाई उपत्यकामा नेता जोगाउनै मुस्किल पर्न थालेको छ ।
 

प्रतिक्रिया दिनुहोस