नेमकिपाको अध्यक्षमा फेरि विजुक्छे नै, केन्द्रीय कमिटिमा ९ जिल्लाका मात्रै नेता

नारायणमान विजुक्छेको उत्तराधिकारी बन्न प्रेम सुवाल र सुनिल मानन्धरको पार्टीमा आ–आफ्नै गुट

सफल खबर संवाददाता

मंगलबार, ०७ असोज २०७६, ०९ : १६
नेमकिपाको अध्यक्षमा फेरि विजुक्छे नै, केन्द्रीय कमिटिमा ९ जिल्लाका मात्रै नेता

काठमाडौं । नेपाल मजदुर किसान पार्टीको अध्यक्षमा फेरि नारायणमान विजुक्छे रोहित चयन भएका छन् । पार्टीको सातौं राष्टिय महाधिवशेनले फेरि ५ वर्षका लागि विजुक्छेलाई अध्यक्षमा चयन गरेको हो ।

पार्टी स्थापना काल देखि नै अध्यक्ष रहेका विजुक्छे नेतृत्वमा रहेकै ४२ वर्ष भईसकेको छ । उमेरले ७३ वर्ष भईसकेका विजुक्छेले अझै पनि नेतृत्व छोडन नचाहेका हुन् । पार्टीभित्र खासगरी सांसद प्रेम सुवाल र भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिका वीचमा विजुक्छेको उत्तराधिकारी वन्ने तिव्र होडका वीच विजुक्छे नै पार्टी अध्यक्षमा निर्वाचित भएका हुन् ।

विजुक्छेले उमेरका कारण गत प्रतिनिधीसभा चुनावमा आफुले जित्दै आएको भक्तपुर क्षेत्र नम्वर १ छोडेर प्रेम सुवाललाई अगाडी सारेका थिए ।

त्यसपछि महाधिवशेनवाट पनि उनले कतै नेतृत्व छोडलान की भन्ने आम अपेक्षा गरिएपनि पार्टी विजुक्छे विना चल्न नसक्ने देखिएपछि रोहित पुन अध्यक्षमा निर्वाचित भएका हुन् ।

नेमकिपामा सुवाल र मानन्धरको आ आफ्नै गुट छन् । त्यो गुटको चेपुवामा विजुक्छे पदै आएका छन् ।

पार्टी महाधिवशेनमा रोहितले पार्टी नेतृत्व छोडदा पार्टी चल्न नसक्ने र क्रमशः खुम्चिदै भक्तपुरमा मात्र सिमिति वन्न पुगेको पार्टी त्यहावाट पनि सिद्धिने तर्क प्रतिनिधीहरुले गरेपछि विजुक्छे पूनः निर्वाचित भएका हुन् ।

नेमकिपाको केन्द्रीय समिति २५ जनाको छ । जसमा ११ जना नेताहरु भक्तपुरवाटै निर्वाचित भएका छन् । २२ जना पूर्ण केन्द्रीय सदस्य र २ जना वैकल्पिक केन्द्रीय सदस्य चयन भएका छन् ।

भक्तपुर पछि काठमाडौं र दैलेखका तीन तीन जना, काभ्रे र कालिकोटका दुई दुई जना र जुम्ला, कैलाली, वारा र रौतहटका एक एक जना केन्द्रीय समितिमा परेका छन् ।

निर्वाचित केन्द्रीय समितिले नै पदाधिकारी चयन गर्ने वताईएको छ । पदाधिकारी कस्तो वनाउने भन्नेमा महाधिवशेनमा ठूलो विवाद थियो । पार्टीमा उपाध्यक्ष सहितका अन्य पदाधिकारी पनि वनाउने र अध्यक्ष र महासचिव मात्र वनाउने भन्ने विवाद नेमकिपामा चलेको थियो ।

यस विषयमा अझै उसले निर्णय लिन सकेको छैन । अव यो विषय निर्वाचित केन्द्रीय समितिवाटै टुंगो लगाउने म्यान्डेट लिएर नेमकिपाले पार्टी महाधिवशेन टुग्याएको छ ।

प्रतिक्रिया दिनुहोस