पूर्वी नवलपरासीमा डरलाग्दो दुर्घटना, ५ जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ०७ असोज २०७६, ०६ : ५९
पूर्वी नवलपरासीमा डरलाग्दो दुर्घटना, ५ जनाको मृत्यु

काठमाडौं । पूर्वी नवलपरासीमा डरलाग्दो दुर्घटना भएको छ । कार र ट्रक एकआपसमा ठोक्किदा पाँचजनाको मृत्यु भएको छ । घटना गएराती सवा १० वजे घटेको हो ।

पूर्वी नवलपरासीस्थित कावासोती ८ को खरकट्टाको जंगलमा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको बा २१ च ६४०९ नम्बरको कार एक आपसमा ठोक्किएर डरलाग्दो दुर्घटना भएको थियो ।

दुर्घटनामा परी कारमा सवार ५ जनाकै मृत्यु भएको छ भने ट्रक चलाक घाइते भएका छन् ।

मृत्यु हुनेमा सवै पुरुष रहेको प्रहरीले जनाएको छ । उनीहरुको सनाखत भईनसकेको प्रहरीको भनाई छ । घटनाको पूर्ण विवरण आईसकेको छैन ।

घटनालगत्तै उद्दारका लागि चितवन पठाईएका ५ जनाकै अस्पतालले मृत्यु भएको पुष्टि गरेको प्रहरीले वताएको छ ।

प्रतिक्रिया दिनुहोस