कांग्रेसले तरुण नेता भुपेन्द्रजंग शाहीलाई कारवाही गर्दै

सभापति देउवाले रामचन्द्र पौडेलसँग लिए कारवाहीको अनुमति, असोज १० को पार्टी वैठकले कारवाही गर्ने

सफल खबर संवाददाता

सोमबार, ०६ असोज २०७६, ०७ : ३४
कांग्रेसले तरुण नेता भुपेन्द्रजंग शाहीलाई कारवाही गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले तरुण दलका महामन्त्री भूपेन्द्रजंग शाहीलाई कारवाही गर्ने भएको छ । पार्टीको दोश्रो चरणको जागरण अभियानप्रति असन्तुष्टि जनाउँदै त्यसलाई नौटंकी अभियान घोषणा गरेका शाहीलाई अब  वस्ने पार्टी केन्द्रीय समिति वैठकवाट काग्रेसले कारवाही गर्न लागेको हो ।

त्यसका लागि कांग्रेसले १० असोजमा पार्टी केन्द्रीय समितिको वैठक बोलाएको छ । कांग्रेसको युवा संगठन तरुण दलमा जम्मा ४ जना मात्र पदाधिकारी छन, केन्द्रमा । त्यसमध्ये अध्यक्ष जीतजंग बस्नेत र महासचिव शाहीका वीचमा समेत एकले अर्काे नेतालाई कारवाही गदै संगठनवाट निस्कासन गरेको घोषणा गरेका थिए । काग्रेसले विपि जन्म दिनवाट भोलिसम्म (असोज ७) सम्मका लागि दोश्रो चरणको जागरण अभियान चलाईरहेको छ ।

पार्टी संगठन सुढृढीकरण गर्ने र सरकारका विरुद्द भण्डाफोर अभियान चलाउने उदेश्यले कांग्रेसले जागरण अभियान चलाएको थियो । तर तरुण महासचिव शाहीले पार्टीलाई सरकारले गरेको भष्टाचार विरोधी अभियानमा केन्द्रीत गर्नुपर्नेमा सानामसिना काममा मात्र अल्झाउने काममा लगाएको भन्दै त्यस अभियानलाई नौटंकी भन्दै आईरहेका छन् ।

उनी पार्टीमा वरिष्ठ नेता रामचन्द्र पौडेल निकट नेता हुन् । उनले हिजो मात्रै छुटटै काठमाडौको नयाँ वानेश्वरमा सरकारको भष्टाचारका विरुद्द सडक प्रर्दशन गरेको थियो । त्यहाँ शाहीले राष्टपति विद्या भण्डारीले गणेशमान स्मृति दिवसका कार्यक्रममा पार्टी सभापतिले वोलेको आफुले नवुझेको भनी अपमान गर्न खोजेको भन्दै विरोध जनाएका थिए ।

उनले राष्टपति नेकपावाट चलेको आरोप समेत लगाएका थिए । प्रधानमन्त्री केपी ओलीको इसारा वुझने तर कांग्रेस सभापतिले बोलेको नवुभझने भन्दै सभापति देउवालाई राष्टपतिले होच्याएको शाहीले आरोप लगाएका थिए ।

कांग्रेसले दोश्रो चरणको अभियान चलाउँदै गर्दा तरुण दलका अध्यक्ष र महासचिवका विचमा जागरण अभियानका विषयमा विवाद चर्काेको थियो । अध्यक्ष वस्नेतले अभियान सफल बनाउन आन्तरिक पार्टी संगठनलाई सर्कुलर गरेका थिए भने शाहीले जागरण अभियानको साटो सरकारको भष्टाचारको विरोधमा आन्दोलन गर्नुपर्ने मत सहतिको छुटटै सर्कुलर गरेका थिए ।

त्यसपछिको आरोप प्रत्यारोपमा दुवै नेताले एकले अर्काेलाई संगठनवाट निश्कासन गरेको घोषणा गरेका थिए ।

पार्टीको अभियान चलिरहदा पार्टीको जिम्मेवार संगठनका महासचिवले अभियानलाई नौटंकी भनेको भन्दै काग्रेसमा शाहीलाई कारवाहीको माग उठेको छ । सभापति देउवाले पनि शाहीलाई कारवाही गर्नेपर्ने बताएको देउवा निकट एक नेताले बताए ।

यसका लागि उनले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग पनि छलफल गरिसकेको उनको भनाई छ । शाही पौडेल निकट नेता हुन् । पौडेलले पनि शाहीले अभियानलाई नौटंकी सम्म भन्न नहुने धारणा राखेको स्रोत बताउाछ ।

पौडेललाई शाही ले यस्तो गर्दा सम्म कारवाही नगरे पार्टीमा अनुशासन कसरी कामय हुन्छ भनी देउवाले भनेको पनि स्रोत वताउँछ । पौडेलको समर्थनमा साहीलाई अवको केन्द्रीय समिति वैठकले कारवाही गर्ने तयारी गरिरहेको देउवा निकटका एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस