गैंडाकोटमा ६ वटा खसिसहित दुई जना खसी चोर पक्राउ

प्रकाश सिग्देल

आइतबार, ०५ असोज २०७६, १८ : ५०
गैंडाकोटमा ६ वटा खसिसहित दुई जना खसी चोर पक्राउ

- प्रकाश सिग्देल
गैंडाकोट । आइतबार गैंडाकोट प्रहरीले ६ वटा खसिसहित खसी चोरलाई पक्राउ गरेको छ । गैंडाकोट शिलन्यास चोकमा १ः३० बजे धीरज कुमाल नाम गरेका व्यक्तीले २ वटा खसी लिएर हिँड्दै गर्दा प्रहरीलाई शंका लागेपछि सोधपुछ गर्दा  खसी चोरेको स्विकारेको प्रहरीले जनाएको छ । त्यसपछि निजलाई साथै लिई जाँदा ं भरतपुर भोजाड रमाइलो चोकमा आफ्नो काका पंकज कुमालको घरमा अझै खसीहरु रहेको भेटिएको र ती खसिसहित दुवैजनालाई पक्राउ गरी ल्याइएको गैंडाकोटका प्रहरी निरीक्षक  दिपक कुमार कार्कीले बताउनुभयो ।

उनिहरुले रत्ननगर १४ टाँडीका पशुराम गुरुङ्गको ५ वटा, नन्दराम गरुङ्गको दुईवटा गरी ७ वटा चोरेर ल्याएको बताएको कार्कीले जानकारी दिनुभयो । उनिहरुले दुई गते खसि चोरेको बताएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट ६ वटा खसि नियन्त्रणमा लिएको कार्की बताउनु हुन्छ । त्यस्तै फेला पारेको खसीको बारेमा टाँडी चौकीमा बुझदा गत २ गते टाँडी चौकी मा खसि हराएको उजुरी परेको जानकारी आएको कार्कीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस