चितवनमा गगनचुम्बी सपिङ मल ‘सिजी ल्याण्डमार्क’ दसैँअघि सञ्चालन

छतमा स्वीमिङ पुल, छतबाट सनसेटको मञ्जा

सफल खबर संवाददाता

शनिबार, ०४ असोज २०७६, १२ : ५७
चितवनमा गगनचुम्बी सपिङ मल ‘सिजी ल्याण्डमार्क’ दसैँअघि सञ्चालन

चितवन । तपाईँ सहरभित्रको सहर पसेर दिनभर घुमफिर गर्दै सनसेटको मञ्जा लिन चाहनुहुन्छ ? तपाईँ एउटै भवनभित्र छिरेर संसार घुमेको अनुभूति लिन सक्नुहुन्छ ? 

तपाईँ एकै ठाउँमा गएर स्वीमिङको थकानमा स्वदेशी विदेशी परिकार खाना चाहनुहुन्छ ? सपरिवार घुमेर फिल्म हेरी, सपिङ गरी खुसीसाथ घर फर्कन चाहनुहुन्छ  ? यी सबै तपाईँका इच्छाहरु अब ‘सिजी ल्याण्डमार्क’ले पूरा गर्ने भएको छ । 

सहरभित्रको सहर ‘सिजी ल्याण्डमार्क’मा के छैन ? के पाइँदैन ? सबथोक छ, सबथोक पाइन्छ । सनराइजदेखि सेनसेटसम्मको आनन्द, फिल्मको मञ्जादेखि होटलको परिकारसम्म, स्वीमिङदेखि बारसम्म । 
आहा ! एउटै १० तलाको भवनभित्र सबथोक ! 

सहरीकरण भइरहेको चितवनको मुटु भरतपुर महानगरपालिकाको वडा नं १० स्थित वीरेन्द्र बहुमुखी क्याम्पस अगाडि पुगेर विपरीत दिसामा तपाइँ हेर्नुभयो भने ‘सिजी ल्याण्डमार्क’को १० तले भवन देख्नुहुन्छ । अनि भवनभित्र नछिरी सुखै पाउनुहुँदैन । 

यही ‘सिजी ल्याण्डमार्क’ आज सहरभित्रको सहर भइरहेको छ । जाने होइन त ‘सिजी ल्याण्डमार्क’ ? दसैँअघि नै तपाईं हाम्रो लागि ‘सिजी ल्याण्डमार्क’ हाजिर हुने भएको छ । ‘सिजी ल्याण्डमार्क’को मञ्जा दसैँ अघि नै पाइने छ । 

देशकै सबैभन्दा ठूला सपिङ मल हो ‘सिजी ल्याण्डमार्क’ । चौधरी गु्रपले बनाएको सीजी ल्याण्डमार्क चितवनकै अग्लो र व्यवस्थित भवन हो । नयाँ पुस्तालाई लक्षित गरी स्थापना गरिएको सपिङ मलमा स्वदेशीदेखि अन्तर्राष्ट्रिय ब्राण्डका सामग्री पाइन्छन् । बालकदेखि वृद्धवृद्धासम्मका हरेक सामग्री छानीछानी पाइन्छ । 

अण्डरग्राउण्ड पार्किङ

‘सिजी ल्याण्डमार्क’को मुख्य विशेषता अण्डरग्राउण्ड पार्किङ हो । ‘सिजी ल्याण्डमार्क’का म्यानेजर उज्वल केसीले दुई तले अण्डरग्राउण्ड पार्किङ रहेको बताए । उनले अन्तिम अण्डरग्राउण्डमा मोटरसाइकल पार्किङ र माथिल्लो अण्डरग्राउन्डमा गाडीहरुको पार्किङ स्थल रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्किङमा २५० वटा मोटरसाइकल र ६५ वटा गाडीहरु सजिलै अट्न सक्छन् ।’

अन्तर्राष्ट्रिय ब्राण्डका सोरूमहरु

‘सिजी ल्याण्डमार्क’को विशेषता भनेको विश्वबिख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सोरूमहरु पनि हो । लेडिज आइटम र बच्चाका लागि स्वदेशी तथा विदेशी ब्राण्डका कपडा उपलब्ध हुनेछन् । 

हाम्रो जीवनमा केके चाहिन्छ ? त्यो सबै सिजी ल्याण्डमार्कमा पाइन्छ । म्यानेजर केसीका अनुसार ग्राउन्ड फ्लोर र पहिलो, दोस्रो र तेस्रो फ्लोरमा दैनिक उपभोग्य वस्तु पाइन्छ । खैलौनादेखि कम्मेटिकसम्म, जुत्तादेखि फर्निचर्ससम्म, कपडादेखि मोबाइलसम्म सबै यहीँ अट्ने छन् ।

तेस्रो तल्लामा भने विद्युतीय उपकरणका पसलहरू सञ्चालन हुने छ । पहिलो तल्लामा पुरुषका कपडा अन्तर्राष्ट्रिय ब्राण्डका उपलब्ध हुनेछन् ।

चौथो तल्ला ‘फूड कोर्ट’

चौथो तल्लालाई ‘फूड कोर्ट’को नाम दिइएको छ । चौथो तल्लाको आधा भागमा फूडस्पट र बारको व्यवस्था गरिएको छ । नेपाली मौलिक खानादेखि, चाइनिज, इन्डियन तथा भेज र ननभेज खानाका परिकार यहाँ पाइने छन् ।

चौथो र पाँचौ तल्लाको आधा भागमा दुईवटा ४०० सिट क्षमताको सिनेमा हल राखिएको छ । ‘सिने प्लेक्स’ सिनेमा हल दसैंअगावै सञ्चालनमा आउने तीव्र रुपमा तयारी भइरहेको छ । 

सेमिनार हल, स्वीमिङ पूल र चेन होटल

पाँचौ तल्लाको आधा भागमा भने सेमिनार हल राखिएको छ । छैटौंदेखि नवौं तल्लासम्म भारतीय फर्न होटलको चेन होटल सञ्चालनमा आएको छ । 

चौधरी गु्रपको लगानीमा भारतको मुम्बइमा रहेको फर्न होटलको चेनको रूपमा यो होटल सञ्चालनमा आएको हो । छैटौं तल्लामा होटलको लबी, रेस्टुरेन्ट तथा स्वीमिङ पूल सहितको बार सञ्चालनमा छ ।

‘मध्यनेपाल भएकाले धेरै संघ–संस्थाका गोष्ठी र सेमिनारका लागि लक्षित गरी सभा हल बनाएका छौं,’ म्यानेजर केसीले भने, ‘विहे, वर्तबन्ध, भोजभतेर, पार्टी, सम्मेलनहरु सजिलै चलाउन सकिन्छ ।’ 

होटलको छैटौं तल्लामा स्वीमिङ पूल र बार छ । ३ सयदेखि ४ सय जनालाई रुफ टप गार्डेनमा पार्टी गर्न सकिने उनले बताए । ‘भरतपुरको सबैभन्दा अग्लो ठाउँमा बसेर आसपासको दृष्य हेर्दै आराम गर्न सकिन्छ,’ उनले भने ‘स्वीमिङ पूलमा बसेर सनराइज र सनसेटको मज्जा लिन सकिन्छ, यो सपिङ मलमात्र नभई पर्यटकीय गन्तव्य पनि हो ।’

यस होटलबाट भरतपुर विमानस्थल दुई किलोमिटर छ । नारायणगढ एक किलोमिटरमा छ । उक्त सपिङ मल मध्य नेपालको मध्यभागमा अवस्थित छ । त्यसैले त देशभरका मान्छे सजिलै मल पुग्न सक्ने छन् । 

सपिङ मलको विशेषता

सपिङ मलमा चार वटा लिफ्ट छ । चार वटा स्क्यालेटर छ । आठ वटा आधुनिक शौचालय छ । ग्राउन्ड फ्लोरमा अपाङ्गमैत्री शौचालय पनि रहेको छ । दुई वटा सिँढी छ । सपिङ मल पूरा एसी जडान रहेको छ । मल बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म ३६५ दिन नै खुला रहने म्यानेजर उज्वल केसीले बताए ।  

सीजीको शपिङ मलमा आएपछि क्वालिटीको सामान र सर्भिस पाइन्छ भन्ने स्थापित गर्न लागेको उनले बताए । 
राजधानी काठमाडौं उपत्यकापछिको विकसित शहर भएका कारण भरतपुरमा व्यवस्थित शपिङ मलको पूर्ति ल्याण्डमार्कले गर्ने उनी  बताउँछन् । ‘सपिङ गर्नकै लागि काठमाडौं जानुपर्ने अवस्था अन्त्य भएको छ,’ उनले भने । उनका अनुसार मलमा काठमाडौँ बाहिरका मानिसहरु आएर सपिङ गर्ने छन् ।  

०६८ सालदेखि शुरू भएको शपिङ मल एक लाख ८० हजार स्क्वायर फिटमा फैलिएको छ । मल निर्माणमा झण्डै २ अर्ब लगानी भएको चौधरी गु्रपले जनाएको छ । साउन ४ गतेबाट नै आंशिक रुपमा सञ्चालनमा आएको मल दसैँअघि नै सञ्चालनमा ल्याउने तयारीका साथ काम भइरहेको छ ।

‘दसैँअघि नै ग्राण्ड ओपनिङ गर्ने छौँ, अब धेरै समय कुर्न पर्दैन, उपभोक्ताको हरेक इच्छा सिजी ल्याण्डमार्कले पूरा गर्छ’ म्यानेजर केसीले भने । 

चितवनको गौरव सिजी ल्याण्डमार्क  

अत्याधुनिक सुविधा सम्पन्न यो भवन चितवनको गहना बनेको छ । जिल्लाको थप पहिचान समेत यसले स्थापित गरेको छ । भरतपुर र यसवरपरको भूभागलाई सजिलै नियाल्न समेत यो भवनको माथिल्लो तलाबाट मिल्छ ।

शैक्षिक, पर्यटकिय, मेडिकल सिटीका रुपमा विकास हुँदै गएको चितवनमा पछिल्लो समयमा खुलेका यस्ता भवन र व्यापारिक कम्प्लेसहरुले उपभोक्ताहरुलाई प्रयाप्त छनोटको अवसर पनि प्रदान गर्ने छ ।

चितवनमा पछिल्लो समय जनघनत्व समेत बढ्दै गएको छ । चितवनमा आएर बसाईसराई गर्ने क्रम तीव्र छ । भरतपुर, नगरपालिका, उपमहानगर हुँदै महानगरपालिका बनेपछि धेरैको चासो भरतपुरमा केन्द्रित बन्न थालेको छ ।
प्रशस्त खुल्ला जमिन, पानी, सडकको सुविधा र अन्य केनेक्टिभिटीका कारणले भरतपुरमा सबै प्रकारको विकासको सम्भावना देखिन्छ । एक ढंगले भरतपुर महानगर लगानीका हिसावले ‘भर्जिन सिटी’ हो । त्यसकारण सिजी ल्याण्डमार्क चितवनको गौरव हो । देशकै शान हो । 


 

प्रतिक्रिया दिनुहोस