प्रधानमन्त्री के सहजै हिडडुल गर्न सक्दैनन् ?

औपचारिक कार्यक्रममा सुरक्षाकर्मीको टेकोमा देखिन्छन्, प्रधानमन्त्री । तर सल्लाहकार र नीजि चिकित्सक भन्छन्, – ‘प्रधानमन्त्रीको स्वास्थ्य सामान्य नै छ ।’

सफल खबर संवाददाता

शुक्रबार, ०३ असोज २०७६, ०९ : १८
प्रधानमन्त्री के सहजै हिडडुल गर्न सक्दैनन् ?

तस्वीर : काठमाडौंपोष्टबाट साभार

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको र नियमति काममा खटिन सक्ने उनका निजि चिकित्सक र सचिवालयका सदस्यहरुले बताउँदै आएका छन् ।

प्रधानमन्त्री स्वयं समेत आफ्नो दैनान्दिन कार्यक्रममा सक्रिय सहभागिता जनाई नै रहेका छन् । भलैं त्यस्ता सक्रियता वालुवाटार बाहिर भन्दा पनि भित्रैबाट प्रधानमन्त्री ओलीले बढाईरहेका छन् ।

२० भदौंमा दोश्रो पटक सिंगापुरमा उपचार गराई फर्केपछि प्रधानमन्त्री ओली खासै वालुवाटार वाहिरका कार्यक्रममा सहभागी छैनन् । तीन चार पटक मात्र उनी वालुवाटार वाहिर निस्केका छन् ।

आजैं मात्र प्रधानमन्त्री ओली संविधान दिवस मूल समारोह समितिले आयोजना गर्ने विशेष समारोहमा सहभागी भईरहेका छन् ।

नत्र उनी सार्वजनिक कार्यक्रममा भन्दा आन्तरिक काममै लागिरहेको देखिन्छन् । उनले वालुवाटारमै आफुलाई केन्द्रीत गर्ने, त्यहीबाट दैनान्दिनका कामहरु गर्ने गर्दै आईरहेका छन् । यतिसम्मकी उनी २० भदौंमा स्वदेश फर्के यता दुई पटक मन्त्रिपरिषद्को बैठक समेत वालुवाटारमै वसेको छ ।

तर यहाँ उठाउन खोजिएको विषय हो , – के प्रधानमन्त्री अझै राम्रोसँग आफै हिडडुल गर्न सक्दैनन् ?

भदौंमा मात्र दुई पटक सिंगापुरमा उपचार गराएका प्रधानमन्त्री स्वदेश फर्किदा उनको स्वागतका लागि बसेका सम्माननिय सभामुख कृष्णबहादुर महरा देखि मन्त्रीहरुसम्म र सर्वसाधारणहरुसम्मका अगाडी सुरक्षाकर्मीकै आडमा उनी हिडिरहेको देखिएको थियो ।

यति मात्र होइन, अघिपछि पनि प्रधानमन्त्रीको सुरक्षामा खटिएका सुरक्षाकर्मीले नै प्रधानमन्त्रीलाई साहरा दिने गरेको र त्यसपछि मात्र विस्तारै प्रधानमन्त्री हिड्ने गरेको दृश्य प्रत्यक्ष देखिने गरेको छ ।

विहिवार मात्रै पनि प्रधानमन्त्री निवास वालुवाटारमै प्रधानमन्त्रीका लागि बनाइने नयाँ आवासको सिलान्यास कार्यक्रममा प्रधानमन्त्रीलाई डो¥याएर ल्याउने देखि सिलान्यास गराउदा बसाल्ने, उठाउने सम्मका काममा सुरक्षार्कीले नै सहयोग गरिरहेको देखिन्थ्यो । कुनै न कुनै रुपमा प्रधानमन्त्रीको साहरा (टेको)मा सुरक्षाकर्मीले साथ दिईरहेका देखिन्थे ।

यसले पनि प्रधानमन्त्री गलेको जस्तो अनुमान लगाउन सकिन्छ । के प्रधानमन्त्री आफै सहज हिडडुल गर्न सक्ने अवस्थामा हुनुहुन्न ? उनको सचिवलायले यस विषयमा खासै प्रतिक्रिया दिन मानेको छैन । ‘होइन, उहाँ हिड्न सक्नुुहुन्छ आफै पनि । किन नहिडनु ? हिडिरहनु भएकै त छ ?’ प्रधानमन्त्रीका एक सल्लाहकारले सफल खबरसँग भने,–‘सामान्य सुरक्षाकर्मीले साहारा दिन खोज्नु सामान्य विषय हो ।’

प्रधानमन्त्रीलाई सिंगापुरमा मृगौलाको प्लाज्मा फेरेसिस गरिएको थियो । १२ वर्ष अगाडी मृगौला प्रत्यारोपण गरिएको र त्यसैको उपचारका क्रममा प्लाज्मा फेरेसिस प्रधानमन्त्रीको सिंगापुरमा गरिएको थियो ।

उनका नीजि चिकित्सक डा दिब्या सिंहले प्रधानमन्त्री नियमित काममा फर्किन सकेको र स्वास्थ्य सामान्य रहेको प्रतिक्रिया दिइन् । तर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा उनी पनि खास बताउन चाहान्निन् ।

संसदमै प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्रीको स्वास्थ्यलाई ख्याल गरेर आराम गर्नका लागि विदाई दिनुपर्ने धारणा नै सार्वजनिक गरेका थिए । ओलीले पनि अव आफ्नो स्वास्थ्य अवस्थालाई ख्याल गर्दै जथाभावी पहिले जसरी कार्यक्रममा नदेखिने, नगई नहुने कार्यक्रममा मात्र सहभागिता जनाउने र सकभर बालुवाटारबाटै दैनान्दिनका काम गर्ने योजना बनाईरहेको वालुवाटार स्रोत बताउँछ ।

 

प्रतिक्रिया दिनुहोस